'विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन' | Khabarhub Khabarhub

‘विद्यालय शिक्षा विधेयकमा शिक्षकको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित हैन’


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको अधिकांश माग पुरा भएकाले थप अडान राख्नु उचित नभएको बताएकी छन् ।  

आइतबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले शिक्षकहरूसँग भएकै सहमतिका आधारमा विधेयकमा अधिकांश विषय समावेश भएको भन्दै अव पनि शिक्षकहरूले थप मागमा अडान लिन नहुने बताएकी हुन् ।

विद्यालय शिक्षा विधेयकसम्बन्धी उपसमितिको प्रतिवेदन अध्ययन गर्न उनले शिक्षकहरूलाई सुझाव दिइन्  । श्रेष्ठले शिक्षकहरूको अनुहार देखाएर अरु समूहले समेत विधेयकमाथि खेल्न थालेको भन्दै सचेत हुन आग्रह गरिन् ।  

उनले शिक्षामन्त्रीकै आग्रहका कारण विधेयक पास गर्न ढिलाइ भएको भन्दै यसमा राजनीतिक दलहरू समेत गम्भीर हुनुपर्ने बताइन् । 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ०९ बजे

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको