प्रेम विवाह गर्ने जोडीको सार्वजनिक हत्या | Khabarhub Khabarhub

प्रेम विवाह गर्ने जोडीको सार्वजनिक हत्या


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको दक्षिण–पश्चिम प्रान्त बलुचिस्तानमा प्रेम विवाह गरेका एक जोडीलाई सार्वजनिक रूपमा गोली हानी हत्या गरिएको छ ।

घटनाको दुःखद भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । बलुचिस्तानका मुख्यमन्त्री सरदार सरफराज बुगटीले घटनाको ध्यानाकर्षण गर्दै आरोपीलाई पक्राउ गर्न आदेश दिएका छन् ।

डन न्यूजका अनुसार २० भन्दा बढी हतियारधारी मानिसहरूले ती जोडीलाई पहाडमा लगेर निर्ममतापूर्वक हत्या गरेका थिए । घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले भने– ‘मुख्यमन्त्रीले भिडिओको बारेमा ध्यान दिनुभएको छ र घटनाको अनुसन्धान गर्न र संलग्न संदिग्धहरूलाई तत्काल पक्राउ गर्न आदेश दिनुभएको छ ।’

उनले घटनास्थल र संदिग्ध व्यक्तिहरू पहिचान गर्ने प्रयास भइरहेको बताए । उनले यस्ता क्रूर कार्यहरू असहनीय भएकाले अपराधीहरूलाई कानुनको कठघरामा ल्याइने बताए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : २१ बजे

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर