कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा « Khabarhub

कोकाकोलाले आइन्दा उखुबाट बनेको चिनी प्रयोग गर्ने ट्रम्पको घोषणा


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हल्का पेय पदार्थ उत्पादक कम्पनी कोकाकोलाले अबदेखि आफ्नो उत्पादनमा उखुबाट निर्मित चिनीको प्रयोग गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आफूले गरेको आग्रह स्वीकार गर्दै कोकाकोलाले आइन्दा उखुबाट निर्मित चिनीको प्रयोग गर्न तयार भएको ट्रम्पले जानकारी दिएका हुन् ।

ट्रम्पको घोषणाबारे कम्पनीले कुनै प्रतिक्रिया दिइनसकेको अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ । यसअघि अमेरिकी उत्पादनमा कोकाकोलाले कोर्न सिरपबाट पैदा हुने चिनीको प्रयोग गर्दै आएको थियो ।

कोर्न सिरपबाट उत्पादन हुने चिनीमा उखुको तुलनामा फ्रक्टोजको मात्रा उच्च हुने बताइन्छ । यसअघि अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले उच्च फ्रुक्टोजको मात्रा भएका खाद्य पदार्थमा कडाइ गर्ने घोषणा गरेका थिए ।

‘मेक अमेरिका हेल्दी अगेन’ को नारा लिएर स्वास्थ्यमन्त्री बनेका जुनियरले यसरी आम रुपमा सस्तोमा पाइने कोर्न सिरपबाट बन्ने गुलियो पदार्थले मानिसहरुमा मोटोपन र मधुमेहको समस्या बढाएको दाबी गरेका थिए । उनले खानेकुरालाई रंगीन बनाउन प्रयोग हुने कृत्रिम रंग र बीऊको तेलको प्रयोगमा पनि कडाइ गरिने घोषणा गरेका छन् ।

अमेरिकामा कोकाकोलाले कोर्न सिरपबाट बनेको चिनी प्रयोग गरेपनि छिमेकी मेक्सिकोमा भने उखुबाट नै बनेको चिनी प्रयोग गर्दै आएको छ । स्वास्थ्यविदहरु उखु वा कोर्न सिरप जेबाट बनेको भएपनि चिनी हालिएका हल्का पेय पदार्थको प्रयोग स्वास्थ्यका लागि हानिकारक हुने बताउँछन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ५ : ४० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित