कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ « Khabarhub

कर्ण थापा भन्छन्- पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भयो, पार्टीले उचित निर्णय लिनेछ


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आइसकेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँग करिब २ घण्टा लामो वार्ता सकिएपछि थापाले अब पूर्वराष्ट्रपतिलाई एमालेले उचित भूमिकासहित अघि बढाउनुपर्ने बताए ।

सञ्चारकर्मीले उनलाई पूर्वराष्ट्रपति राजनीतिमा आउने सम्भावना कति छ ? भनेर सोधेपछि थापाले यस्तो जवाफ दिएका हुन् ।

‘पूर्वराष्ट्रपति राजनीतिमा आइसक्नु भएको छ । अब उहाँबारे पार्टीले निर्णय गर्ने भनेको छ’, उनले भने, ‘पार्टी सचिवालय र पोलिटब्युरोमा पनि यसबारे छलफल भएको छ। अब भोलिदेखि बस्ने केन्द्रीय कमिटीमा पनि कुरा हुनेछ । पार्टीले उचित निर्णय लिने छ।’

उनले आइतबार भएको च्यासलको संवादमा अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी दुवैलाई सकारात्मक पाएको बताए ।

‘अध्यक्षको मुड पनि राम्रो थियो । उहाँहरू दुईजना बस्नुअघि हामी पनि बसेर कुरा गर्‍यौँ’, उनले भने, ‘उहाँहरूको मुड हेर्दा सकारात्मक देखेको थिएँ । हार्दिकता र सम्मान देखेको थिएँ । त्यसैले वार्ता पनि पक्कै सकारात्मक र उपलब्धिमुलक भएको हुनुपर्छ ।’

उनले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आइसकेकाले यसबारे पार्टीले भोलिका दिनमा उचित कदम चाल्ने दोहोर्‍याए । ‘भोलि पर्सि के हुन्छ भन्ने कुरा त हामीसँग समय छ । दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशनमा आउँदैछ’, उनले भने, ‘यसबारेमा प्रस्तावहरू राखिएको छ छलफल हुन्छ । यसबारे यसअघि पनि यस्ता छलफल पहिले पनि भएका थिए । त्यसैले पार्टीले पूर्वराष्ट्रपतिबारे उचित निर्णय लिनेछ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ६ : १२ बजे

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको

अमेरिकी भिसा नवीकरणमा नहुँदा भारतीय कामदार अलपत्र

काठमाडौं – अति दक्ष विदेशी कामदार लक्षित एच–वन–बी नाम दिइएको

मेची भन्सार कार्यालय : पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा– चालु आर्थिक वर्ष वर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने