वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत | Khabarhub Khabarhub

वित्त आयोगका सदस्य मिश्रको राजीनामा स्वीकृत


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य अमरराज मिश्रले साउन १ गते राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको राजीनामा सोमबार स्वीकृत भएको छ । 

मिश्रको राजीनामा साउन १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरिएको राष्ट्रपति कार्यालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

विगत ०७७ माघ २१ गते मिश्र आयोगको सदस्य नियुक्त भएका थिए । तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत ५२ जनाको नियुक्ति गर्दा मिश्र पनि परेका थिए । 

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित गरेपछि संघ, प्रदेश र स्थानीय तहमा राजस्वको स्रोत र प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टीको न्यायोचित वितरण गर्ने उद्देश्यका लागि वित्त आयोग बनाइएको हो । 

आयोगका अध्यक्ष बालानन्द पौडेलले अवकाश पाएसँगै आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी जुद्धबहादुर गुरुङले सम्हाल्दै आएका छन् । दुई सदस्यमध्ये मिश्रले राजीनामा दिएपछि आयोगमा अब गुरुङसहित अर्का एक सदस्य विपीनराज निरौला मात्र कार्यरत छन् ।

आयोगमा आफ्नो फरक मत रहेको र सो मत राख्न नपाएको गुनासो गर्दै मिश्रले राष्ट्रपतिसमक्ष साउन १ गते राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ०४ बजे

एप्पल र ओपनएआइविरुद्ध मस्कले हाले मुद्दा

एजेन्सी – अमेरिकी उद्योगपति तथा संसारकै धनाढ्य एलन मस्कले विश्वविख्यात

प्रि-ओपन सेसन आपडेट : नेप्से ३ अंकले बढ्यो

काठमाडौं – प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ अंकले

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर