भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण | Khabarhub Khabarhub

भारी वर्षा र जोखिमलाई दृष्टिगत गर्दै सवारीसाधन सञ्चालनको तालिका निर्धारण


४ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

गण्डकी– जिल्ला प्रशासन कार्यालय कास्कीले भारी वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई दृष्टिगत गर्दै सिद्धार्थ राजमार्ग हुँदै स्याङ्जातर्फ जाने सवारीसाधन सञ्चालनको तालिका निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति कास्कीको आज बसेको बैठकले अत्यावश्यक सेवाबाहेकका लामो दूरीका सवारीसाधनलाई साँझ ४ः०० बजेपछि र छोटो दूरीका सवारीसाधनलाई साँझ ५ः०० बजेपछि कास्कीको छोरेपाटनबाट स्याङ्जातर्फ जान रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालद्वारा जारी सूचनामा जनाइएको छ ।

यस वर्षको मनसुन सक्रिय रही साउन ३ गते रातिदेखि अविरल वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले गण्डकी प्रदेशमा थप भारी वर्षाको पूर्वानुमान गरेकाले सम्भाव्य मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि प्रशासनले सवारीसाधनको समय तालिका निर्धारण गरेको उनले बताए  ।  रासस
 

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ७ : ४३ बजे

सुनको मूल्य १५ सय रुपैयाँले बढ्यो, चाँदी कति बढ्यो ?

काठमाडौं – मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी रत्न

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा