टप टी-२० सिरिजः मेलबर्नविरुद्ध ब्याटिङ गर्दैै नेपाल, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई « Khabarhub

टप टी-२० सिरिजः मेलबर्नविरुद्ध ब्याटिङ गर्दैै नेपाल, कप्तानको जिम्मेवारी दीपेन्द्रलाई


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । बुधबार नेपालले टस जितेर पहिलो ब्याटिङ गर्न लागेको हो ।

नेपालको कप्तानको जिम्मेवारी अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई दिइएको छ । मंगलबारको खेलमा आराम दिइएका ऐरीलाई प्रशिक्षकले बुधबारको खेलमा कप्तानको जिम्मेवारी दिएका हुन् । उनी नेपाली टिमको नियमित उपकप्तान हुन् ।

नेपालले हालसम्म सिरिजका तीन हार र एक खेलमा जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो।

आजको खेलमा कप्तान रोहित पौडेल, विकेट विकपर आशिफ शेख र करण केसीलाई आराम दिइएको छ । आजको खेलमा विकेट किपरको काम लोकेश बमले गर्नेछन् ।

नेपाली टिम
दीपेन्द्रसिंह ऐरी (कप्तान), लोकेश बम, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, गुल्सन झा, रुपेश सिंह, सोमपाल कामी, नन्दन यादव र साहब आलम ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ११ : ०५ बजे

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद