टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस्  | Khabarhub Khabarhub

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु नखोल्न ग्राहकहरूलाई आग्रह गरेको छ । 

बुधबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले यस्तो बताएको हो । 

टेलिकमको विज्ञप्तिमा भनिएको छ,  केही दिनदेखि विभिन्न अलर्ट आईडीहरुमार्फत नेपाल टेलिकमका ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर ‘Dear valued customer, your Connect IPS account has been locked. Please verify (different url addresses) to login and secure it’ भन्ने व्यहोराको सन्देश सम्प्रेषण गरी लिंक खोल्न लगाई कनेक्ट आइपीएको यूजरनेम र पास्वर्ड इन्ट्री गरी लगइन गर्न लगाएर ठगी गरिएको पाइएकोले सचेत रहन र त्यस्ता लिंकहरु नखोल्न सम्पूर्ण सेवाग्राहीमा अनुरोध छ ।’

केही URL address हरू 
https://shorturl.fm/K6xKh 
https://shorturl.fm/xMwH6

कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्स लगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई मात्र आधार मानेर कम्पनीका सेवा वारेमा अद्यावधिक हुनसमेत टेलिकमले आग्रह गरेको छ । 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ३७ बजे

टप एन्ड टी-२० सिरिज : नेपालले लगातार दोस्रो जित निकाल्दा सोमपालले झारे ५ विकेट

काठमाडौँ– अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजअन्तर्गत आफ्नो

अनि जुद्ध शमशेरले गिरिजाप्रसादलाई सोधे, ‘ह्वाट इज योर नेम ?’

इतिहासमा भएका कतिपय गम्भीर घटना भित्र पनि रोचक पाटाहरू लुकेका

कराचीमा भारी वर्षा, आठ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको कराची सहरमा वर्षाजन्य कारणले भएका दुर्घटनामा परी आठ

मुख्यमन्त्री कार्कीले भने- मानवअधिकार संरक्षण र संवर्द्धन गर्न जिम्मेवारीपूर्वक कार्य गर्नुपर्छ 

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मानवअधिकारको संरक्षण र संवर्द्धन

कुनै किसिमको अपराध सैह्य हुने छैन : मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अपराध नियन्त्रणमा कसैले पनि