जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’ « Khabarhub

जीवनको ठूलो पर्दामा ‘कमब्याक’ पक्का, साइन गरे ‘सकम्बरी’


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिका पलायन भएका नायक जीवन लुइटेलले ७ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्ने भएका छन् ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको फिल्म ‘सकम्बरी’बाट जीवनले कमब्याक गर्ने भएका छन् । उनीसँग काजगी सम्झौता भइसकेको निर्माण पक्षले बताएको छ ।

जीवन कान्तिपुर फिल्म एकेडेमीमै मञ्चन भएको नाटक ‘शिरिषको फूल’मा अभिनय गर्न नेपाल आएका थिए । यही मौकामा उनले फिल्म साइन गरेका हुन् ।

उनले फिल्ममा पनि नाटक निर्वाह गरेको पात्र ‘सुयोगवीर’कै भूमिका निर्वाह गर्ने बताइएको छ ।

‘सकम्बरी’मा अर्का नायक अपर्ण थापा पनि अनुबन्ध भएका छन् । उनी भने ‘शिवराज’को भूमिकाका लागि तय भएका हुन् । यो फिल्मको छायाङ्कन तिहारपछि हुने बताइएको छ ।

यो फिल्म ‘शिरिषको फूल’को पात्रबाट प्रभावित भए पनि कथा भने फरक रहेकाे एकेडेमीले बताएको छ ।

पछिल्लो आठ वर्ष यता जीवन अमेरिकामा बस्दै आएका छन् । उनी भटाभट फिल्म साइन गरिरहेकै बेला अमेरिका पलायन भएका थिए ।

नेपाल फर्किएसँगै ठूलो पर्दामा उनको कमब्याको चर्चा चलेको थियो । अन्तत: उनले फिल्म साइन गरेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १ : ०४ बजे

देउवा दाइहरू पार्टीमा आउने सम्भावना सकियो, गगन थापाको विकल्प छैन : गुरु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसले यही १६ गतेबाट १५औं महाधिवेशन आयोजना गर्दैछ

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको