परराष्ट्रमन्त्री राणा भन्छिन्‌ : महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि ! « Khabarhub

परराष्ट्रमन्त्री राणा भन्छिन्‌ : महिलाकै सङ्घर्षले वर्तमान उपलब्धि !


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली महिलाहरूको आफ्नै सङ्घर्षले महिला अधिकार र सशक्तिकरणका क्षेत्रमा वर्तमान उपलब्धि हासिल भएको बताएकी छिन्‌ ।

नेपाली काङ्ग्रेसनिकट नेपाल महिला सङ्घद्वारा बुधबार आयोजित ‘विगत वर्तमान र भविष्यमा नेपाल महिला सङ्घको भूमिका’ विषयक गोष्ठी उद्घाटन गर्दै राणाले भनिन्‌, ‘महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् । महिलाले महत्वपूर्ण संवैधानिक अधिकार पनि प्राप्त गरेका छन् । त्यो सबै नेपाली महिलाहरुले गरेको सङ्घर्षकै उपलब्धि हो ।’

नेपाली काङ्ग्रेसकै महिला नेतृहरू मङ्गलादेवी सिंहदेखि शैलजा आचार्यसम्मका महिलाहरूको योगदानको स्मरण गर्दै राणाले उनीहरू र अरू पनि महिला नेतृहरूको लामो सङ्घर्ष र बलिदानीपछि नेपाली महिला आन्दोलनले आजको उपलब्धि हासिल गर्न सकेको बताइन्‌ ।

तर, वर्तमान अवस्था पर्याप्त भने नरहेको र महिलाले अझै धेरै सङ्घर्ष गर्न बाँकी रहेको उनको तर्क थियो । उनले वि.सं. २००७ को क्रान्तिदेखि गणतन्त्रको प्राप्ति सम्मका सबै आन्दोलनहरूमा नेपाली महिलाहरूको सक्रिय सहभागिता रही आएको पनि उल्लेख गरिन्‌ ।

’उहाँहरूकै प्रेरणाबाट हामी पनि महिला अधिकारको सङ्घर्षमा लाग्यौँ र वर्तमान संविधान र नेपालका विद्यमान कानुनमा महिला अधिकारबारे पहिलो पटक राम्रो व्यवस्था गर्ने वातावरण निर्माण गर्न सक्यौँ’, राणाले भनिन् ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ३ : २४ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व