खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ « Khabarhub

खाँदबारी कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ


४ भाद्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

किमाथांका– जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीको कुटपिटबाट दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा फैसलामा ढिलाइ भएको छ । 

गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद  भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाशतोलाङ्गी र नुवाकोट जिल्ला, ककनीगाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको  कुटपिटबाट मृत्यु भएको थियो ।

सुरक्षाकर्मी र कैदीको कुटपिटबाट मारिएका दुई कैदीका परिवारले अझै न्याय पाउन सकेका छैनन् । उक्त मुद्दा दुई वर्षदेखि अदालतमा विचाराधीन छ । 

दुई जना कैदीको मृत्यु घटना प्रकरणको मुद्दा पटक पटक पेशी सर्दै आएको छ । दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटना प्रकरणमा थप सुरक्षाकर्मी र कैदीसहित १५ जनासँग बयान भइसकेको छ । 

उक्त घटनामा एक जना चिकित्सकसहित हालसम्म ५७ जनासँग बकपत्र भएको जिल्ला अदालतका स्रेस्तेदार उज्ज्वल न्यौपानेले जानकारी दिए। यसबीचमा दुई जना न्यायाधीशको सरुवा भइसकेको छ । कारागारबाट भाग्न खोजेको आरोपमा दुई कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो । 

कैदी हत्या घटनामा कारागारका तत्कालीन इन्चार्ज सहायक निरीक्षक लक्ष्मी चौधरीसहित सात प्रहरी र चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राईसहितका कैदीको संलग्नता देखिएको थियो । 

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो । 

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात जना प्रहरी र आठ जनालाई घटनामा संलग्न भएको आरोपमा २०८० भदौ २७ गते पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  ७ : ५८ बजे

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि