अष्टलक्ष्मीको दाबी : जेन-जी आन्दोलनमा स्वार्थी तत्वको घुसपैठ भयो « Khabarhub

अष्टलक्ष्मीको दाबी : जेन-जी आन्दोलनमा स्वार्थी तत्वको घुसपैठ भयो


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहिले देश रोइरहेको बताकी छन् ।

उनले गणतन्त्रलाई कमजोर बनाउने गरी अहिले चलखेल भइरहेकाले सचेत हुन जरूरी रहेको बताएकी छन् ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा उपाध्यक्ष शाक्यले जेन-जी आन्दोलनमा स्वार्थी तत्वहरूको घुसपैठका कारण युवाहरूले ज्यान गुमाउनु परेको बताएकी छन् ।

‘शोकलाई शक्तिमा बदल्न नयाँ ढङ्गले अघि बढ्नुपर्छ । निराश हुनुपर्ने छैन, निदान छ, हामीसँग लक्ष्य बोकेको संविधान छ’, उपाध्यक्ष शाक्यले भनेकी छन्, ‘निर्वाचित प्रतिनिधि सभा अत्तालिएर विघटन गरियो भन्ने लागिरहेको छ । संविधान अपरिवर्तनीय होइन, यसमार्फत् नयाँ नेपाल निर्माण गर्नुपर्छ ।’

उनले गणतन्त्रलाई अहिले पनि कमजोर बनाउन चलखेल भइरहेको आरोप लगाएकी छन्।

‘इतिहास कसरी कोर्ने हो ? त्यसमा पनि छलफल गर्नुपर्छ । इतिहासको पानालाई गर्व गर्नसक्नेगरी इतिहास थप्ने हो, संयम हुन जरूरी छ’, उनले भनिन्, ‘सबै राजनीतिक दलहरूले नयाँ सोचसहित राम्रा काम आत्मसात गर्दै कमजोरी सच्चाएर अघि बढ्नैपर्छ ।’

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ३ : ४१ बजे

रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान

रसुवा– आसन्न निर्वाचनलाई थप पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन

उपत्यकाको मुहार फेर्न कांग्रेसको ‘भिजन १०’ : तीनै जिल्लाका उम्मेदवारको साझा प्रतिबद्धता

काठमाडौँ – राजधानीका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का

घर ढल्दा च्यापिएर एकको मृत्यु, एक जना घाइते

महेन्द्रनगर– कञ्चनपुरको वेदकोट नगरपालिकामा कच्ची घर छेउमै रहेको रुख घरमाथि

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को

पोखरामा आठ सय रोपनीमा तरबुजाखेती विस्तार हुँदै

गण्डकी– पोखरा महानगरपालिकामा यस वर्ष करिब ८०० रोपनी क्षेत्रफलमा तरबुजाखेती