मधेसमा दशैँपछि मात्रै सरकारी सेवा पूर्ण रुपमा सञ्चालन हुने | Khabarhub Khabarhub

मधेसमा दशैँपछि मात्रै सरकारी सेवा पूर्ण रुपमा सञ्चालन हुने


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेन-जीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैँपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् । 

उनले आज पत्रकारहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै जेन-जी प्रदर्शनका क्रममा मधेस प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरू पूर्ण रुपमा सञ्चालनमा आउने बताए। 

सुरक्षामा क्रमिक रूपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरूमा कर्मचारीहरू आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उनले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए । 

प्रदेशसभा भवनसहित मन्त्रालयहरूको क्षति भएको संरचनाहरूको मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ । 

मधेस प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरू पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको सामानहरू पनि लुटपाट भएको छ ।    
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ०६ बजे

नारायणगढ–मुग्लिन सडक खण्ड अझै अवरुद्ध, पहिरो हटाउने प्रयास असफल

चितवन – लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा

गाजा ध्वस्त बनाउने इजरायली अभियानबीच हमासले सार्वजनिक गर्यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्वीर’

काठमाडौं – हमासको सशस्त्र सैन्य शाखा ‘इजुद्दिन अल–कस्साम ब्रिगेड्स’ले शनिबार

आजका समाचार : नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारी बाहिरिने, जेन-जी आन्दोलनमा घुसपैठ भएको एमालेको दाबी र गाजामा आक्रमण जारी

नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने भौतिक पूर्वाधार तथा यातायातमन्त्री

चाडपर्व नजिकिएसँगै भारत गएका नेपाली घर फर्कँदै

कैलाली – नेपालीहरूको महानचाड बडादसैँ तथा दिपावली नजिकिएसँगै रोजगारीका लागि

इरानमाथि पुनः परमाणु प्रतिबन्ध लगाउने प्रस्तावको रुसद्वारा आलोचना

मस्को – रुसले शनिबार संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा इरानको आणविक