‘पब्लिक स्पिच नेपाल’को विजेता बने जाजरकोटका दीपक « Khabarhub

‘पब्लिक स्पिच नेपाल’को विजेता बने जाजरकोटका दीपक


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटका १९ वर्षीय दीपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन्। शनिबार आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उहाँ विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका हुन्।

बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएका छन् भने दीपक परियार तृतीय भए। उनीहरू क्रमशः ३० हजार र २० हजारसहित पुरस्कृत भए । 

यसैगरी, २० हजारसहित उमा कार्कीले ‘पब्लिक च्वाइस अवार्ड’ प्राप्त गरिन्। प्रोत्साहन पुरस्कार प्रार्थना अधिकारी र सान्त्वना पुरस्कार तोरिशा भण्डारीले प्राप्त गरिन्। 

प्रतियोगीहरूले भ्रष्टाचार नियन्त्रण, बौद्धिक पलायन, अपाङ्गता,  समावेशिता र प्राकृति संरक्षणलगायत विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । 

प्रतियोगिताको निर्णायक मण्डलमा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटा, ‘मोटिभेसनल स्पिकर’ डा ताराप्रसाद गिरी र वरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत रहेका बास नेपालका अध्यक्ष नमस्कार शाहले जानकारी दिए । 
 

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ५ : ३१ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्