भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु « Khabarhub

भक्तपुरमा १७ दिने दसैँ व्यापार मेला सुरु


४ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिका-७ को महेश्वरी खेल मैदानमा आजदेखि दोस्रो भक्तपुर दसैँ सस्तो व्यापार मेला सुरु भएको छ ।

हिन्दुहरूको महान् पर्व दसैँको अवसरमा एकैथलोबाट सस्तो, सुलभ र गुणस्तरीय सामान आमउपभोक्तामा पुर्‍याउने उद्देश्यले औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालले मेलाको आयोजना गरेको हो ।

मेलाका संयोजक सङ्गम लामाले व्यापार मेलामा ५० भन्दा बढी स्टलहरू राखिएका जानकारी दिँदै दैनिक जीवनमा प्रयोगमा आउने सामग्री, लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता तथा हस्तकलाका सामग्री, कृषि औजारका सामग्री, फूललगायत विभिन्न सामान विशेष छुटका साथ स्टलमा राखिएका बताए। 

मनोरञ्जनका लागि महोत्सवमा बाल उद्यान, रोटे पिङ, ड्रागन, नाउ, मिनी बन्जी जम्प, बाटर बल्ब, मिकी माउस, टेम्पालिङ, स्करपियोका साथै हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारका हास्यव्यङ्ग्य, गीत र नृत्यको प्रस्तुति रहने उनले जानकारी दिए । 

उनका अनुसार व्यापार मेला यही असोज १९ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ४ आश्विन २०८२, शनिबार  ६ : ५२ बजे

आजको मौसम पूर्वानुमान : उच्च पहाडमा हिमपात र वर्षा, कुन प्रदेशको अवस्था के छ ?

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको

नेपाल र चीनका गभर्नरबीच भेटवार्ता : सहकार्यका विषयमा छलफल

काठमाडौं – चीन भ्रमणमा रहेका नेपाल राष्ट्र बैङ्कका गभर्नर प्राडा

निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौं – निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १५ गते बिहीबार माघ