विशालको विवादास्पद बयान : अवार्डमा कहिल्यै विश्वास नगर्ने « Khabarhub

विशालको विवादास्पद बयान : अवार्डमा कहिल्यै विश्वास नगर्ने


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार विशाल हाल आफ्नो आगामी र बहुप्रतिक्षित फिल्म मगुडमको तयारीमा व्यस्त छन् । रवि अरासु निर्देशित यो ग्याङ्स्टर–एक्सन ड्रामा अहिलेदेखि नै चर्चा र उत्सुकताको केन्द्रमा रहेको छ । 

तर हालै विशालले दिएका तीखा अभिव्यक्तिले उनी पुनः चर्चामा आएका छन् । यसपटक फिल्मको कारण होइन, चलचित्र पुरस्कार प्रणालीमाथि उनको कडा प्रहारका कारण ।

एक भारतीय पोडकास्टमा आफ्नो विचार राख्दै उनले भने, आफू पुरस्कारमा कहिल्यै विश्वास नगर्ने व्यक्ति हुन् । उनको दृष्टिमा पुरस्कारको अवधारणा नै पागलपन जस्तो छ । विशालले प्रश्न उठाए, ‘चार जनाले बसेर कसरी सात करोड जनताको मनपर्ने अभिनेता वा अभिनेत्रीको निर्णय गर्न सक्छन् ? के ती चार जना सबैका मालिक हुन् ?’

त्यो मात्र होइन, उनले राष्ट्रिय अवार्डसम्ममाथि पनि सवाल उठाउँदै भने कि जनताको राय बिना पुरस्कार वितरण गर्नु पूर्णरूपमा बेकार कुरा हो । उनका अनुसार, ‘सर्वेक्षणमार्फत जनताको आवाज सुन्ने प्रणाली नै सही तरिका हो । अहिले त केही व्यक्तिहरू भेला भएर मनपर्ने कलाकारलाई ‘सर्वश्रेष्ठ’ ठहर्याउने जस्तो मात्र भएको छ, जुन मलाई पूर्ण रूपमा बकवास लाग्छ ।’

विशालको यो तिखो भनाइले फिल्म उद्योगभित्र नयाँ बहस सुरु भएको छ । उनले यो पनि स्पष्ट पारे कि यो धारणा आफुले अवार्ड नपाएको कारण होइन, बरुअवार्ड प्रणालीमै रहेको असमानता र पारदर्शिताको अभावप्रतिको असहमतिको परिणाम हो ।

यसैबीच, मगुडम मा विशालले एकभन्दा बढी अवतारमा अभिनय गर्ने बताइएको छ। फिल्ममा नायिका दुशारा विजयन मुख्य भूमिकामा छिन् ।

तर यो फिल्म हाल केही अफवाहका कारण पनि चर्चामा छ । निर्देशक रवि अरासु र अभिनेता विशालबीच सृजनात्मक मतभेद भएको र विशालले निर्देशन आफैं सम्हालेको दाबी आएको थियो । तर, रविले यी सबै कुरा पूर्ण रूपमा अस्वीकार गरेका छन् र फिल्मको निर्माण सुचारु रूपमा अघि बढिरहेको बताएका छन् ।

अब सबैको नजर मगुडममा विशालको नयाँ अवतार र उनको ‘नो-अवार्ड’ सिद्धान्तमा केन्द्रित छ । फिल्म प्रदर्शनअघि नै उनले उठाएको यो विचारले दर्शकबीच रोचक बहस जन्माइरहेको छ -के वास्तवमै चलचित्र पुरस्कारहरू जनताको आवाज हुन्, वा केही व्यक्तिको निर्णय मात्रै ?

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ११ : ३६ बजे

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर

नेपाल आयल निगमले काठमाडौँका यी पाँच ठाउँबाट खाना पकाउने ग्यास वितरण गर्दै

काठमाडौँ– नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न पाँच ठाउँबाट खाना