ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद « Khabarhub

ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले दुई अलग-अलग स्थानमा छापा मार्दै १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति आइतबार साँझ करिब ५ बजे महालक्ष्मी नगरपालिका–५ टीकाथलीस्थित सुरेश नापितको घरकोठामा नगद रकम र सम्पत्तिको हारजित हुने गरी अवैध रूपमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

उक्त कारबाहीमा प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक यज्ञराज जोशीको कमाण्डमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब निरीक्षक ईश्वर अधिकारीको टोली खटिएको थियो।

टोलीले उक्त स्थानबाट ९ जना व्यक्ति, १९ बुक तास र नगद चार लाख ९४ हजार पाँच सय रुपैयाँ बरामद गरेको जनाएको छ।

त्यसैगरी, महालक्ष्मी नगरपालिका–१ रातामकै चोकस्थित जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टको तेस्रो तलामा पनि प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ।

उक्त स्थानबाट नगद आठ लाख ७५ हजार एक सय पचास रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनाका पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ५४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको