ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद « Khabarhub

ललितपुरमा दुईवटा जुवाखालबाट १९ जना समातिए, १३ लाख बरामद


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

ललितपुर – जिल्ला प्रहरी परिसर ललितपुरले दुई अलग-अलग स्थानमा छापा मार्दै १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति आइतबार साँझ करिब ५ बजे महालक्ष्मी नगरपालिका–५ टीकाथलीस्थित सुरेश नापितको घरकोठामा नगद रकम र सम्पत्तिको हारजित हुने गरी अवैध रूपमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

उक्त कारबाहीमा प्रहरी प्रभाग इमाडोलका प्रहरी निरीक्षक यज्ञराज जोशीको कमाण्डमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब निरीक्षक ईश्वर अधिकारीको टोली खटिएको थियो।

टोलीले उक्त स्थानबाट ९ जना व्यक्ति, १९ बुक तास र नगद चार लाख ९४ हजार पाँच सय रुपैयाँ बरामद गरेको जनाएको छ।

त्यसैगरी, महालक्ष्मी नगरपालिका–१ रातामकै चोकस्थित जीवन थापाले सञ्चालन गरेको स्वाद रेस्टुरेन्टको तेस्रो तलामा पनि प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको छ।

उक्त स्थानबाट नगद आठ लाख ७५ हजार एक सय पचास रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै घटनाका पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  २ : ५४ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।