प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्” « Khabarhub

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजित सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिनको साहस र समर्पणप्रति गहिरो श्रद्धा प्रकट गरेकी छन् । प्रधानमन्त्री कार्कीले भनिन्, “आज शोकको घडी छ। विगत दुई वर्षदेखि विपिन जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका छन्। हामी सबैलाई विश्वास थियो, उनी जीवितै फिर्ता हुनेछन्, सकुशल पाउँछौँ भन्ने हाम्रो आशा थियो।”

उनका अनुसार विपिनले चाहेको भए आफू बाँच्न सक्थे, तर उनले आफ्ना साथीहरूलाई जोगाउने क्रममा अपहरणमा परेका थिए। “उनले कति दुःखकष्ट भोगे होलान् भन्ने सोच्दा पनि मन विचलित हुन्छ,” प्रधानमन्त्रीले भनिन् । प्रधानमन्त्री कार्कीले विपिनलाई “देशको गौरव”का रूपमा सम्झिंदै भनिन्, “तीन शब्दको विपिन नाम छ, तर उनको बहादुरी र साहसको कथा हामी कहिल्यै बिर्सने छैनौँ । उनी हाम्रो हृदयमा सधैँ जीवित रहनेछन् ।”

उनले विपिनको परिवारप्रति श्रद्धा र कृतज्ञता व्यक्त गर्दै भनिन्, “यस्तो बहादुर छोरा जन्माउने आमा र उनको खोजीमा अथक प्रयास गर्ने बहिनीप्रति पनि म नतमस्तक छु।” प्रधानमन्त्रीले विपिनले आफ्नो देशको नाम मात्र होइन, इजरायली जनता र सरकारबाट पनि सम्मान प्राप्त गरेको बताउँदै उनलाई “साँचो बहादुर युवा”को रूपमा स्मरण गर्न सबैलाई आग्रह गरिन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ५ : ४७ बजे

निर्वाचन सम्मुखमा छ, शान्तिपूर्ण वातावरणमा होली मनाऔँ : संयोजक दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक निर्वाचनमा

लेबनानमा इजरायली आक्रमण, कम्तीमा ३१ जनाको मृत्यु

बेरुत- इरानपछि इजरायलले लेबनानमा पनि बमबारी थालेको छ। समाचारअनुसार लेबनानमा

इरानको अडान : ‘अमेरिका फर्स्ट’को नारा ‘इजरायल फर्स्ट’ भइसक्यो, अब वार्ता हुँदैन

वासिङ्टन- इरानका शीर्ष राष्ट्रिय सुरक्षा अधिकारी अली लारीजानीलेले अमेरिकासँग कुनै

सल्यानमा रास्वपाको चुनावी प्रचारमा प्रयोग गरिएको गाडीबाट मदिरा र चामल नियन्त्रणमा 

सल्यान– सल्यानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसारमा संलग्न

सूर्यमा चित्त नबुझे तारामा भोट हाल्न एमाले नेताको आह्वान

काठमाडौं– नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर