‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ? « Khabarhub

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?


३ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जेरी अन टप’ले दर्शकको साथ पाएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार चलचित्रले प्रदर्शनको तीन दिनमा रु दुई करोड २२ लाख ८१ हजार ६९८ रुपैयाँको व्यापार गरेको छ ।

उक्त चलचित्रका अभिनेता अनमोल केसीका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन असोज ३१ मा रु ७२ लाख ५९ हजार ४०८ रुपैयाँ, दोस्रो दिन रु ८६ लाख ३८ हजार २१० रुपैयाँ र तेस्रो दिन ६३ लाख ८४ हजार ८० रुपैयाँको व्यापार गरेको हो ।

हलहरुमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहनुभएका अभिनेता केसीले झन्डै डेढ वर्ष लगाएर तयार पारिएको चलचित्रले दर्शकको अपेक्षा पुरा गर्दा मेहनतको फल प्राप्त गरेको प्रतिक्रिया दिए । “मैले एउटा चलचित्रमा काम सुरू गरेदेखि प्रदर्शन नहुँदासम्म अन्य काम गर्दिन । हामीले जुन सोच र मेहनतका साथ चलचित्रमा समय दिएर निर्माण गरेका थियौँ, त्यो आज सफल भएको आभाष भएको छ”, उनले भने ।

उनका अनुसार चलचित्रलाई तीन दिनमा ६० हजार बढी दर्शकले हेरेका छन् । उक्त चलचित्रमा अभिनेता केसीसँगै भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ, उषा खड्गीलगायतका कलाकारले अभिनय गरेका छन् । सरोज न्यौपानेद्वारा प्रस्तुत उक्त चलचित्र सुयोग गुरूङले निर्देशन गरेका हुन् ।

निर्देशक हेमराज विसीको कथा, विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीले छायाङ्कन गरेको चलचित्रको वितरकको रुपमा रीच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनी रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ९ : २८ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा