आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल मंसिर ४ गते बुधबार। मंसिर कृष्ण पक्षको औंसी तिथि। । तदनुसार सन् २०२५ नोभेम्बर २० तारिख। विश्व बाल दिवस । विश्व दर्शनचार्य दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ । शत्रु बढ्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अग्रज र बौद्धिक व्यक्तिको सल्लाह लिएर गरेको काम भने सफल बन्नेछ ।

वृष : दिन राम्रो छ । व्यापार व्यवसायमा राम्रो आम्दानी हुनेछ । स्वदेशमै रोजगारीको विकल्प देखिनेछ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ। परिवारको साथ मिल्नेछ ।

मिथुन : दिन सामान्य छ । शरीरमा थकान बढ्नेछ । शत्रु बढ्नेछन् । कुरा काट्ने सक्रिय भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ । आम्दानीका स्रोत बढ्ने योग छ । स्वास्थ्यमा भने विशेष ध्यान दिनुपर्ने समय छ ।

कर्कट : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । आफ्नो काममा गोपनीयता कायम राख्नु उचित हुनेछ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ । शिक्षामा थप मिहिनेत गर्नु उचित हुन्छ ।

सिंह : दिन सामान्य छ । बोल्नु अगाडि तीन पटक सोच्नु राम्रो हुन्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने हुन्छ । स्वास्थ्यमा समस्या आउनेछ । संकटमा परिवारको भने साथ मिल्नेछ ।

कन्या : दिन राम्रो छ । काम गर्दा बोली र व्यवहारमा एकरुपता ल्याउनु जरुरी छ । तपाईंको काममा सहयोगी बढ्नेछन् । समाजसेवाको अवसर मिल्नेछ । आफ्नो काममा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ ।

तुला : दिन राम्रो छ । तपाईंको प्रतिभाको प्रदर्शनी गर्ने दिन छ । साथीको साथ मिल्नेछ । शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । परिवारभित्र मेलमिलाप हुने योग छ ।

वृश्चिक : दिन राम्रो छ । मन प्रशन्न रहनेछ । अधुरा काम बन्नेछन् । तपाईंका योजनामा परिवारको साथ सहयोग प्राप्त हुनेछ । बौद्धिक क्षेत्रमा मन जानेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । अनावश्यक यात्रामा नजानु राम्रो हुन्छ । धर्मकर्ममा मन जानेछ । विज्ञको सल्लाहमा गरेको कामबाट फाइदा हुनेछ ।

मकर : दिन राम्रो छ । पुरानो साथीसँगको भेटले नयाँ योजना बन्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारको साथमा रमाइलो घुमघामको अवसर मिल्नेछ ।

कुम्भ : दिन राम्रो छ । तपाईंको कामको प्रशंसा हुनेछ । आफन्तबाट माया पाइनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या पर्नसक्ने जोखिम छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । परिवारभित्र मेलमिलाप हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ०५ बजे

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस

के बुल्दाक रामेनले क्यान्सर गराउँछ ?

काठमाडौं– इन्स्ट्यान्ट रामेन चाउचाउ यसको सुलभ मूल्य, सुविधा र स्वादका

एमालेमा सुरू भयो ध्रुवीकरण, कति छ ओली इतरको शक्ति र हैसियत ?

काठमाडौं– अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा होमिएको