लुम्बिनी र चितवन भिड्दै, कसको शक्ति कति ? « Khabarhub

एनपीएल

लुम्बिनी र चितवन भिड्दै, कसको शक्ति कति ?


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । यो खेल बिहीबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । लुम्बिनीका कप्तान राष्ट्रिय टिमकै लिडर रोहितकुमार पौडेल हुन् भने चितवनको नेतृत्व कुशल मल्लले गर्दैछन् ।

पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेर दुई अंक बटुलीसकेको चितवन उच्च मनोबलका साथ मैदानमा हुनेछ भने पहिलो खेलमा शानदार खेल प्रदर्शन गर्ने रणनीतिका साथ लुम्बिनी मैदान उत्रिने छ ।

चितवन- रवि बोपारालाई कसले रोक्ने

चितवन राइनोज मार्की खेलाडी कुशल मल्ल हुन्। उनले टिमको कप्तानी गर्नेछन्। टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल हुन्। नेपाली र विदेशी खेलाडीलाई चितवनले मिलाएर लिएको देखिन्छ।

इङ्ल्यान्डका रवी बोपराले पहिलो खेलमा आफूलाई प्रमाणित गरिसकेका छन् भने सोहेल तनविरको प्रदर्शन लुम्बिनीका लागि भारी पर्नसक्छ। सैफ अली जैवसहित डेविड मलान र अल्पेस रामजानीले चितवनबाट खेल्दैछन्।

चितवनमा नेपाली चर्चित नाम रिजन ढकाल, कमलसिंह ऐरी, सन्तोष कार्की, दीपेश श्रेष्ठ, अमरसिंह रौतेला र दीपक बोहरा, गौतम केसी छन्।

लुम्बिनीको शक्ति

एनपीएल पहिलो संस्करणमा एउटा मात्र खेल जितेको लुम्बिनी यो सिजन शानदार सुरुवात गर्न चाहन्छ। राष्ट्रिय टोलीको कप्तान पौडेल मार्की खेलाडी रहेको लुम्बिनीमा पूर्व क्रिकेट शक्ति गौचनको विशेष प्रशिक्षण र साथ रहेको छ। यो सिजन लुम्बिनीले अस्ट्रेलियाका ब्याटर डार्सी सटसँगै अफगानिस्तानका अलराउन्डर गुल्बदिन नइबलाई अनुबन्ध गरेको छ। अन्य विदेशी खेलाडीमा थोमस ड्राका, नामिबियाका जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समेटिएका छन्।

लुम्बिनीमा कप्तान पौडेलसँगै नेपाली खेलाडी सन्दीप जोरा, दिनेश अधिकारी, समीर अली, तिलक भण्डारी, अभिषेश गौतम, दुर्गेश गुप्ता, आदिल खान, सुमित महर्जन, शेर मल्ल, दिलीप नाथलगायत चर्चित नाम समेटिएका छन्।

अहिलेसम्म काठमाडौँ, चितवन, विराटनगर र सुदूरपश्चिमले दुईदुई अंक जोडिसकेका छन् ।

एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुँदै छन्। नेपाल क्रिकेट सङ्घ (क्यान)ले हरेक खेलका लागि नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ। मङ्सिर १ देखि सुरु भएको एनपीएल २७ गतेसम्म सञ्चालन हुने छ।

एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन्। शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ। यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ।

प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ। क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ।

एनपीएलमा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

एनपिएलको ट्रफीका साथ आठ टिमका कप्तान ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ६ : ०० बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा