कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी  « Khabarhub

कालीमाटी तरकारी बजारको हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक मात्रामा विषादी 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा विषादी भेटिएको छ । 

अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्याधिक भेटिएको विषादी  विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ । 

भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ भने नवलपरासीबाट बिक्रीका लागि ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अर्गानोफस्फेट नामक विषादीको मात्रा भेटिएको हो । 

१५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी पाइएको समितिले जनाएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । 

यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : १३ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’