रास्वपालाई लाग्यो निर्वाचन, नौ बुँदे निर्णयसहित बनायो तीनवटा कार्यदल « Khabarhub

रास्वपालाई लाग्यो निर्वाचन, नौ बुँदे निर्णयसहित बनायो तीनवटा कार्यदल


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन २१ गते हुन लागेको आगामी प्रतिनिधि सभा निर्वाचनकेन्द्रित तयारी, संगठन सुदृढीकरण र जेन–जी पुस्ताको सक्रिय सहभागितालाई प्राथमिकता दिनेसहित नौ बुँदे निर्णय गरेको छ।

बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले बैठकले जेन–जी आन्दोलनपछि बनेको राजनीतिक वातावरणलाई संस्थागत गर्न सुसंस्कृत र परिवर्तनकामी राजनीतिक शक्तिसँग मुद्दागत र सांगठनिक सहकार्यका विकल्पमा गहिरो संवाद अघि बढाउन उपाध्यक्ष डा. स्वर्णिम वाग्ले संयोजक रहेको उच्च संवाद समितिलाई निर्देश गरेको छ।

बैठकमा सभापति रवि लामिछानेमाथि अघिल्लो सरकारले लगाएको मुद्दाको कानुनी अवस्थाबारे पनि जानकारी गराइएको छ।

बैठकले कार्यवाहक सभापति डोलप्रसाद अर्यालको राजनीतिक प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीको संगठनात्मक प्रतिवेदन र सहमहामन्त्री विपिनकुमार आचार्यको उम्मेदवार छनोटसम्बन्धी प्रतिवेदन पारित गरेको छ।

आगामी निर्वाचनका लागि उम्मेदवार छनोट समितिको संयोजकमा सह–महामन्त्री विपिन आचार्यलाई तोकिएको छ। समितिमा विराजभक्त श्रेष्ठ, डा. चन्दा कार्की, राजन गौतम र प्रदेश सभापतिहरू रहनेछन्। रुपन्देही–३ मा भने पहिले नै चयन भएको उम्मेदवार कायम रहने निर्णय भएको छ।

पार्टीको वाचापत्र कार्यदलमा क्रान्तिशिखा धिताललाई थप गरिएको छ। संविधान परिमार्जन कार्यदलको नाम परिवर्तन गरी ‘संविधान एवं संविधान सम्बद्ध कानुन परिमार्जन कार्यदल’ राखिएको छ र संयोजकका रूपमा सोबिता गौतमलाई नियुक्त गरिएको छ।

निर्वाचनलक्षित तीन अध्ययन तथा रणनीति कार्यदल गठन गरिएको छ। राजनीतिक अध्ययन कार्यदलको नेतृत्व विराजभक्त श्रेष्ठले, निर्वाचन रणनीति कार्यदलको संयोजन मनिष झाले र मिडिया अध्ययन कार्यदलको संयोजन निशा डाँगीले गर्नेछन्।

रास्वापाले युवामा बढ्दो राजनीतिक चेतना र जेन–जी पुस्ताको सहभागितालाई ध्यानमा राख्दै युथ नेशन बिल्डिङ एकाडेमी सञ्चालन गर्ने पनि घोषणा गरेको प्रवक्ता मनिष झाले बताएका छन्।

नेतृत्व विकास, संवैधानिक संरचना, सार्वजनिक अभिव्यक्ति र संसदीय प्रक्रियाबारे ज्ञान दिनुपर्ने उद्देश्य यो कार्यक्रम कानुन तथा मानवअधिकार विभागको नेतृत्वमा सञ्चालन गरिनेछ।

सबै प्रदेश र जिल्लामा निर्वाचनलक्षित विस्तारित बैठक गर्ने, रिक्त पदहरू समावेशिताको सिद्धान्तअनुसार भर्ने र जेन–जी पुस्तासँग देशभर संवाद कार्यक्रम चलाउने निर्देश पनि बैठकले दिएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ११ : ४८ बजे

सर्लाहीमा पहिलोपटक आमाको नामबाट नागरिकता जारी

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलोपटक आमाको नामबाट नागरिकता जारी

गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी– बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै) र

अनुगमनमा कैफियत देखिएपछि एक स्टोरलाई विभागको जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा

तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रुसले भन्यो- क्युबामाथि अमेरिकाको आर्थिक दबाब स्वीकार्य छैन

काठमाडौं – रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभले सोमबार रूसको निकट सहयोगी