च्छोरोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर « Khabarhub

च्छोरोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रसिद्ध च्छोरोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो पदमार्गको मुख्य आकर्षण च्छोरोल्पा हिमताल हो । यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाइमा अवस्थित रहेको छ । 

च्छोरोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ । त्यहीँबाट पदयात्रा सुरु हुन्छ । यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापि, यात्राले दिने आनन्द भने एकदमै फरक,  रमाइलो र अविस्मरणीय रहनेछ । 

सिमी गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ  पदमार्गका बस्तीहरू  हुन् । यी गाउँहरू अत्यन्तै सुन्दर छन् । ना गाउँ अन्तिम मानव बस्ती  हो । जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन् । त्यहीँबाट च्छोरोल्पा पुग्न सहज हुन्छ । 

यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ । जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ । च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो । 

जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटर माथि उचाइमा अवस्थित रहेको छ । यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ । जसको सुन्दरताले सबैलाई मनमोहित बनाउँछ ।  

काठमाडौँबाट ६ दिनमा च्छोरोल्पा यात्रा पूरा गर्न सकिन्छ । जहाँबाट अन्य पदमार्गहरुमा समेत थप यात्रा गर्न सकिन्छ । च्छोरोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभई, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर  पनि  हो ।

शब्द/तस्बिर: पबिना खड्का/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : १५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित