च्छोरोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर « Khabarhub

च्छोरोल्पा पदयात्रा : प्रकृति, संस्कृति र हिमाली जीवनशैली नजिकबाट बुझ्ने अवसर


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व प्रसिद्ध च्छोरोल्पा पदमार्ग दोलखा जिल्लामा पर्दछ । यो पदमार्गको मुख्य आकर्षण च्छोरोल्पा हिमताल हो । यो हिमताल समुन्द्री सतहबाट ४५०० मिटर उचाइमा अवस्थित रहेको छ । 

च्छोरोल्पा पदमार्गमा यात्रा गर्नका लागी काठमाडौँबाट छेतछेत गाउँसम्म मोटरमा यात्रा गर्न सकिन्छ । त्यहीँबाट पदयात्रा सुरु हुन्छ । यात्रामा उकालो बाटोको यात्रा गर्नुपर्छ । तथापि, यात्राले दिने आनन्द भने एकदमै फरक,  रमाइलो र अविस्मरणीय रहनेछ । 

सिमी गाउँ, सुरमुचे, क्याल्चे, दोङवाङ, थामदिङ, बेदिङ र ना गाउँ  पदमार्गका बस्तीहरू  हुन् । यी गाउँहरू अत्यन्तै सुन्दर छन् । ना गाउँ अन्तिम मानव बस्ती  हो । जहाँ पर्याप्त मात्रामा होटल र होमस्टे भेटिन्छन् । त्यहीँबाट च्छोरोल्पा पुग्न सहज हुन्छ । 

यात्रा गर्दा गौरीशंकर हिमाल ऐना झै टल्किरहन्छ । जसले यात्राको सौन्दर्य झनै बढाइदिन्छ । च्छो रोल्पा पदमार्गको अर्को विशेष आकर्षण दुधकुण्ड हो । 

जुन च्छोरोल्पा ताल भन्दा करिब ३०० मिटर माथि उचाइमा अवस्थित रहेको छ । यहाँबाट रोल्वालिङ भ्याली र हिमशृङ्खलाहरू स्पष्टसँग देख्न सकिन्छ । जसको सुन्दरताले सबैलाई मनमोहित बनाउँछ ।  

काठमाडौँबाट ६ दिनमा च्छोरोल्पा यात्रा पूरा गर्न सकिन्छ । जहाँबाट अन्य पदमार्गहरुमा समेत थप यात्रा गर्न सकिन्छ । च्छोरोल्पा यात्रा केवल हिमताल हेर्ने उद्देश्य मात्र नभई, प्रकृति, संस्कृति र हिमाली जीवनशैलीलाई नजिकबाट बुझ्ने अद्भुत अवसर  पनि  हो ।

शब्द/तस्बिर: पबिना खड्का/नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : १५ बजे

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,

चोरीका सामान र नगदसहित चारजना पक्राउ

काठमाडौं– प्रहरीले चोरीका सामान तथा नगदसहित चार जनालाई  पक्राउ गरेको

महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ–  नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत

‘मध्यपूर्वको युद्धले समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सरकार गम्भीर’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मध्यपूर्वको युद्धका कारण समस्यामा परेका नेपालीलाई

सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’