जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेविरुद्ध मुद्दा  « Khabarhub

जेन-जी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गर्नेविरुद्ध मुद्दा 


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार कैदीहरू रूपन्देहीमा पक्राउ परेका छन् । गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपश्चात् फरार कैदीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही र कार्यालय मातहतसमेतबाट फरार कैदीलाई नियन्त्रणमा लिई जिल्ला कारागार कार्यालय रूपन्देहीमा बुझाइएको छ ।

कपिलवस्तु कारागारबाट फरार बैंकिङ कसूर मुद्दाका ४४ वर्षीय तुलबहादुर पुनलाई इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटेको टोलीले मङ्सिर १ गते नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

त्यस्तै इलाका प्रहरी कार्यालय मङ्गलापुरबाट खटिएको टोलीले नवलपरासी कारागारबाट फरार जबरर्जस्ती करणी मुद्दाका रूपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने ५० वर्षीय रुद्रबहादुर पुनलाई मङ्सिर २ गते पक्राउ गरेको हो ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले तनहुँ कारागारबाट फरार लागूऔषध मुद्दाका भारतको जिल्ला महाराजगञ्ज थाना नौतनवा बस्ने २० वर्षीय दीपक कुमारलाई बुधबार पक्राउ गरेको छ । कुमारलाई सिद्धार्थनगर नगरपालिका–१३ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस्तै गत भदौ २४ गते प्रहरी कार्यालयमा आगजनी, तोडफोड र चोरीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलले भदौ २४ गते बुटवलका विभिन्न सरकारी तथा व्यावसायिक प्रतिष्ठान तथा प्रहरीका हतियार तथा समान लुटपाट गर्ने, आगजनी र तोडफोड गर्ने ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्र रानाले जानकारी दिए । 

यसरी पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय मंगलापुरमा आगजनी र तोडफोड गर्ने, प्रहरी कार्यालयबाट हतकडी चोरी गर्ने तथा ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा संलग्न रहेकाहरू छन् ।
    
प्रहरी उपरीक्षक रानाका अनुसार प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नेमा तिलोत्तमा नगरपालिका–९ का ३२ वर्षको मुर आलम मुसलमान, ३६ वर्षको सुरज भण्डारी, २७ वर्षको कुमार उप्रेती र तिलोत्तमा ७ को १९ वर्षको विनोद सुनुवार रहेका छन् ।

त्यस्तै प्रहरी कार्यालय मङ्गलापुरबाट हतकडी चोरी गर्ने बुटवल उपमहानगरपालिका–११ का २९ वर्षीय विवेक शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ । शाहीले प्रहरी कार्यालयबाट हतकडी चोरी फरार रहेका थिए । उनलाई आफ्नै कोठाबाट हतकडीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाले बताए। 

त्यस्तै ड्रिमल्याण्ड होटेलमा आगजनी, तोडफोड र चोरीमा संलग्न बुटवल उपमहानगरपालिका–४ को ३८ वर्षीय अनिल थापा पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई चोरी र आपराधिक उपद्रता मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।
 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १२ : १३ बजे

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन