सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू « Khabarhub

सिमरामा जेन-जीको प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

कलैया, बारा– सिमरा विमानस्थल र जीतपुर सिमरा आसपास क्षेत्रमा जेन-जी युवाहरूले गरेको प्रदर्शनका कारण दोस्रो दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ ।

सम्भावित जनधनको क्षति हुन नदिन भन्दै जिल्ला प्रशासन कार्यालय बाराले बिहीबार दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

परिस्थिति थप बिग्रन नदिन स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

कर्फ्यू लगाइएका मुख्य क्षेत्रहरू

  • वीरगञ्ज-पथलैया सडक खण्डको पथलैया चोक दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ-बायाँ ५०० मिटरसम्म।
  • सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म।

आदेश अवधिभर कसैलाई पनि आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

यद्यपि, अत्यावश्यक सेवाका सवारी साधनहरू, जस्तै एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीका सवारी साधनहरू र पर्यटकका गाडीहरू चल्न दिइएको छ ।

उता मानव अधिकार तथा कुटनीतिक नियोगका गाडीहरू र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १ : २४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त