एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा « Khabarhub

एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनका रवि बोपाराले लुम्बिनी लायन्सविरुद्धको बिहीबारको खेलमा पनि अर्धशतक प्रहार गरेका छन् । उनले ४५ बलमा दुई छक्का र चार चौकाको सहयोगमा अर्धशतक पूरा गरे । यो सिजनको सातौँ अर्धशतक हो ।

यीमध्ये दुई अर्धशतक बोपाराको नाममा छ । बोपाराले यस सिजनको तेस्रो अर्धशतक पनि प्रहार गरेका थिए । यसअघि सिजनको दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका थिए । उनले उक्त खेलमा ५२ रन जोडेका थिए । यो सिजनमा पहिलो अर्धशक प्रहार गर्ने जनकपुर बोल्ट्सका आशिफ शेख हुन् ।

उनले उद्घाटन खेलमा काठमाडौं गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका थिए । खेलमा दोस्रो अर्धशतक प्रहार गर्ने कर्णालीका प्रियाङ्क पञ्चाल हुन् । उनले एपीएल अन्तर्गतको दोस्रो खेलमा चिवतन राइनोविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

विराटनगर किङ्ग्सका ओपनर लोकेश बमले पोखरा एभेन्जर्सविरुद्ध सिजनको चौथो अर्धशतक प्रहार गरेका थिए । यो सिजनको तेस्रो खेलका क्रममा उनले अर्धशतक प्रहार गरेका हुन् । उक्त खेलमै विराटनगरकै ब्याटर मार्टिन गुप्टिलले पनि ६१ रन बनाउँदै पाँचौ अर्धशतक प्रहार गरे ।

यो सिजनमा एकै खेलमा एकै टिमका दुई खेलाडी अर्धशतक प्रहार गरेको यो पहिलो घटना हो । एनपीएलको तेस्रो खेलको जवाफी ब्याटिङका क्रममा पोखराका कप्तान कुशल भुर्तेलले सिजनको पाँचौ अर्धशकत प्रहार गरेका हुन् ।

विराटनगरविरुद्ध जावाफी ब्याटिङमै उनले ५९ रन जोडेका थिए । सिजनको छैटौं अर्धशतक सुदूरपश्चिम रोयलसका हरमित सिंहले प्रहार गरेका हुन् । सिजनको चौथो खेलमा उनले काठमाडौं गोर्खाजलाई लक्ष्य प्रस्तुत गर्ने क्रममा २० बलमा ५३ रन जोडेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : १८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त