बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य « Khabarhub

बोपाराले ब्याटिङ सम्हाल्दा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

हकाठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवनका राइनोजका रवि बोपाराले ब्याटिङ सम्हाल्दा लुम्बिनी लायन्सले १ सय ४३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हो चितवनले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४२ रन बनाएको हो । ओपरनसहित सुरुवाती तीन ब्याटरलाई सस्तैमा गुमाउँदा चितवनको ब्याटिङ धरासायी बनको थियो ।

बापाराले अर्धशतक प्रहार गर्दै टिमको ब्याटिङ उकासे । उनले ५५ बलमा ४ चौका र तीन छक्कासहित ६६ रन जोडे । उनी यो सिजनमा दोस्रो अर्धशतक प्रहार गर्ने खेलाडी समेत बने ।

ओपनरद्वय दीपक बोहोरा र डेविड मलान सस्तैमा आउट भए । पहिलो विकेट गुमेपछि क्रिजमा छिरेका देव खनालको पनि ब्याटिङ चलेन । यस खेलमा उनले १९ बल खर्चेर १४ रन मात्रै जोडे ।

चितवनका कप्तानसमेत रहेका कुशल मल्ल १८ बलमा एक छक्का हान्दै २१ रन जोडेर आउट भए । सैफ जैबले ७ बलमा १५ रन जोड्न २ चौका र एक छक्का हिर्काए । अन्य खेलाडीको ब्याटिङ सम्झनलायक रहेन ।

बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पेलम्यान प्रदर्शन उत्कृष्ट रह्यो । उनले ओपनर डबिड मलान, कप्तान कुशल मल्लजस्ता महत्वपूर्ण ब्याटरको विकेट लिए । सैफ जैब पनि रुबेनकै बलको शिकार भए ।

लुम्बिनीका अभिषेकको बलिङ पनि आकर्षक नै रह्यो । उनले ओपनर दीपक बोहोरा र ब्याटर देव खनालको महत्वपूर्ण विकेट लिए । लुम्बिनीका गुलबदिन नैबले चार ओभर बलिङ गरी २ विकेट लिए ।

उनले चितवनका सबैभन्दा बढी रन बनाउने खेलाडी रवि बोपाराको विकेट लिए । चितवनका सोहेल तन्वीर पनि गुलबदिनकै बलको शिकार भए ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : ३० बजे

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना

बूढीगण्डकी बाढीले अवरुद्ध बेनिघाट–तातोपानी सडक खुल्यो

काठमाडौँ– बूढीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक खण्डअन्तर्गत

दिल्लीमा वाग्लेले दिएको मन्तव्य सुझबुझपूर्ण छ : सांसद भण्डारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले

यी हुन् एनपीएल महाकुम्भबारे जान्नैपर्ने कुरा : के हुँदैछ नयाँ ?

काठमाडौँ- सोमबारदेखि नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) सुरु