अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि « Khabarhub

अहिले निर्वाचनमा ध्यान दिऔँ, महाधिवेशन पछि पनि गर्न सकिन्छ : विमलेन्द्र निधि


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन् । 

आम निर्वाचन र कांग्रेसको १५ औँ महाधिवेशनका विषयमा नेपाल महिला संघले बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा निधिले महाधिवेशन लगायतका गतिविधिलाई निर्वाचनपछि गर्न सकिने भन्दै अहिले सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्नुपर्ने बताएका हुन् ।

कुन बेला कुन कामलाई प्राथमिकता दिने भन्ने कुरामा नेताहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ । उनले अहिले सम्म कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गर्न नसक्नु दुर्भाग्य र हास्यास्पद विषय रहेको धारणा राखे ।

नेता निधिले एमाले र माओवादीको तुलनामा कांग्रेसमा लोकतान्त्रिक पद्धतिबाट सहज रूपमा नेतृत्व परिवर्तन हुने भएकाले यसमा जटिलता नरहेको बताए ।

उनले सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव आफूहरूको समेत सहमतिमा केन्द्रीय समितिमा पेश भएको उल्लेख गरे । 

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको