चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर « Khabarhub

चितवनका रिजन ढकालको शिकार बने लुम्बिनीका दुवै ओपनर


४ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका बलर रिजन ढकालको शिकार बनेर लुम्बिनी लायन्सका दुवै ओपनर आउट भएका छन् ।

पहिलो विकेटका रुपमा रिजनले डी’आर्सी सर्टलाई सस्तैमा आउट गरेका थिए । सर्ट दोस्रो ओभरको अन्तिम बलमा आउट भएका थिए । उनले ६ बलको सामना गरी एक चौका र एक छक्काको सहयोगमा ११ रन जाडे ।

दोस्रो विकेटका रुपमा पाँच ओभरको चौथो बलमा लुम्बिनीका अर्का ओपनर सन्दीप जोरा पनि आउट भए । सन्दीपलाई रिजनले कप्तान कुशल मल्लमार्फत् क्याच आउट गराएका हुन् ।

सन्दीपले १८ बलमा चार चौकाको सहयोगमा २८ रन जोडे । चितवनलाई जित सुनिश्चित गर्न विकेटको खाँचो छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १४३ रनको लक्ष्य पछ्याउँदै अहिले चितवन राइनोजविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ ।

दुई ओपनर आउट हुँदासम्म लुम्बिनीले ५१ रन बनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ६ : १९ बजे

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका