माधव नेपाल, भीम रावलजस्तो नहोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ: केपी ओली « Khabarhub

माधव नेपाल, भीम रावलजस्तो नहोस्, स्वस्थ प्रतिस्पर्धा गरौँ: केपी ओली


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन आग्रह गरेका छन्।

बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा उनले पार्टी पंक्ति र देशले एकताको महाधिवेशन चाहेको धारणा राखेका हुन्।

‘कसैले प्रतिस्पर्धा गर्नुहुन्छ भने पनि स्वस्थ प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा बैठकमा छलफल भएको छ,’ उपमहासचिव प्रदीप ज्ञवालीले भने।

उनका अनुसार, ओलीले प्रतिस्पर्धामा पराजित भएपछि पार्टी छाड्ने गरेको बताएका थिए। उनले आफू भने आठौँ महाधिवेशनमा पराजित भए पनि पार्टी एकताका लागि लागेको र माधव नेपाल, भीम रावलसहितका नेताले पार्टी छोडेको बताएका थिए।

‘माधव नेपाल, भीम रावलजस्तो स्थिति नबनोस्। स्वस्थ प्रतिस्पर्धा गरौँ। त्यसले फरक पार्दैन। तर, आन्दोलनको आवश्यकता सहकार्यका साथ अघि बढ्ने हो भन्ने कुरा व्यक्त गर्नुभयो,’ ज्ञवालीले भने।

आजको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफू अध्यक्ष पदमा उम्मेदवार हुने जानकारी गराएका थिए। ओलीले उनलाई उक्त निर्णय परिवर्तन गर्न पनि आग्रह गरे।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ९ : ५४ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको