सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ « Khabarhub

सिमरामा जेनजी कुटेको आरोपमा एमालेका अर्का नेता पक्राउ


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि कुटपिट गरेको आरोपमा नेकपा एमालेका अर्का स्थानीय नेता पनि पक्राउ परेका छन्।

बुधबार आयोजित प्रदर्शनबीच जेनजी समूहलाई कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय अरविन्द साहलाई पक्राउ गरेको हो।
उनीविरुद्ध जेनजी प्रतिनिधि सम्राट उपाध्यायले प्रहरीमा जाहेरी दिएका थिए। जेनजीको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी सन्तोष तामाङले खबरहबलाई जानकारी दिए।

बुधबार नेकपा एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरामा एमालेको कार्यक्रममा आउने तय भएसँगै स्थानीय जेनजीहरूले उनीहरुविरुद्ध नाराबाजी गरेका थिए।

त्यहीक्रममा एमालेका कार्यकर्ताले जेनजी प्रदर्शनकारीमाथि हातपात गरेका थिए। यसअघि प्रहरीले प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीलाई पक्राउ गरी प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइसकेको छ।

बुधबार दिनभर असान्त भएको सिमरा बिहीबार पनि उस्तै भयो। तनाव बढेपछि प्रशासनले साँझ ८ बजेसम्मका लागि कर्फयु लगाएको थियो।

त्यसपछि प्रशासनले वार्तामा बोलाएको थियो । तर, जेनजी युवाहरूले साहलाई पक्राउ नगरी वार्ता नगर्ने अडान लिएका थिए।
सिमराको विवाद समाधानका लागि बिहीबार साँझ खेलकुद मन्त्री बब्लु गुप्ता, जेनजी प्रतिनिधि पुरुषोत्तम यादव, हामी नेपालीका संयोजक सुदन गुरुङ पनि सिमरा पुगेका छन्।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  १० : ४६ बजे

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर