२०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने « Khabarhub

२०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने प्रक्षेपणसहितको प्रतिवेदन सार्वजनिक भएको छ । भेन्जर क्यापिटल फर्म फायरसाइड भेन्चरले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०३० सम्म भारतको खुद्रा बजार १० खर्ब डलर बराबर पुग्ने उल्लेख गरिएको छ ।

उपभोक्ता वर्गको विस्तार हुँदै जाँदा खर्च गर्न योग्य आयको पनि विस्तार हुने र यसको प्रभाव खुद्रा बजारमा पर्ने उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । फायरसाइडले भारतीय बजारको आकार मात्रै नभइ भारतीयको खरिद प्रवृत्तिले पनि बजार विस्तारमा सहयोग पुर्‍याउने अपेक्षा गरेको छ ।

प्रतिवेदनले सामान्य व्यापार सन् २०१४ मा ९० प्रतिशत रहेकोमा सन् २०३० सम्म ७० प्रतिशतमा झर्ने जनाएको छ । यद्यपि उपभोक्तालाई सीधै सामान प्रदान गर्ने व्यापारिक मोडलमा उल्लेख्य विस्तार हुने जनाइएको छ ।

आधुनिक व्यापार, डिजिटल व्यापार र डाइरेक्ट टू कन्जुमर (डीटूसी) जस्ता व्यापारिक प्रवृत्ति विस्तार हुने प्रतिवेदनलाई उल्लेख गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ । डीटूसी र क्विक कमर्सले मात्रै भारतीय बजारको ५ प्रतिशत हिस्सा ओगट्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ५ : ५७ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले