रक्षा साझेदारी बढाउन भारत र फ्रान्सका सैन्य अधिकारीबीच छलफल « Khabarhub

रक्षा साझेदारी बढाउन भारत र फ्रान्सका सैन्य अधिकारीबीच छलफल


४ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहनले फ्रान्सेली समकक्षी फेबियन मान्डोनसँग छलफल गरेका छन् । यस छलफल द्विपक्षीय रक्षा सहकार्य अभिवृद्धि गर्ने विषयमा केन्द्रित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भर्चुअल माध्यमबाट भएको वार्ता दीर्घकालीन साझेदारी विकास गर्ने र होराइजन २०४७ भिजनको कार्यान्वयन गर्ने विषयमा केन्द्रित थियो । त्यसबाहेक संयुक्त सैन्य अभ्यास, रक्षा उद्योगमा सहकार्य र अन्तरिक्ष क्षमतामा साझेदारी विकास गर्ने विषयमा पनि दुई सैन्य अधिकारीले छलफल गरेका छन् ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई सैन्य अधिकारीले हिन्द प्रशान्त सुरक्षाका लागि प्रतिआतङ्कवाद र रक्षा साझेदारी वृद्धि गर्न पनि सहमति जनाएका छन् । पछिल्लो समय भारत र फ्रान्सबीच रक्षा साझेदारी विकास हुँदै गइरहेको छ ।

भारतले फ्रान्ससँग मिलेर फ्रान्समै गरुडा २५ नामक संयुक्त हवाई अभ्यास सञ्चालन गरिरहेको छ । आगामी नोभेम्बर २७ सम्म सञ्चालन हुने अभ्यासमा सुखोइ सु ३०, सी १७ ग्लोबमास्टर तृतीय र इल्युशिन आईएल ७८ जस्ता विमान परिचालन गरिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार  ७ : २३ बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले