जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि « Khabarhub

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विमानस्थलबाट सिधै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेट गर्न पुगेका छन्।

लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेका हुन्। उनले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट गर्दै समवेदना व्यक्त गरेका छन्।

भेटका क्रममा लामिछानेले शहीद परिवारका पीडा, समस्या र अपेक्षाबारे जानकारी लिँदै न्याय, सम्मान र राज्यको जिम्मेवारीका विषयमा गम्भीर हुनुपर्ने बताए। उनले शहीद परिवारको हितका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

उक्त भेटलाई जेन–जी आन्दोलनप्रति एकजुटताका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ४ : २६ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र