सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू « Khabarhub

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने दुष्साहन नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

नेकपाको बागमती प्रदेशस्तरीय एकता सन्देशसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकपटक संविधान मिचेर अन्तरिम सरकार गठन र संसद् विघटन भइसकेको भन्दै निर्वाचन सारेर पटक पटक संविधान मिच्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका हुन् । 

देशको असहज अवस्थालाई हेरेर अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको उनको भनाइ छ । केही अहंकारी र दम्भीहरुले धम्कीको भाषा बोल्ने गरेको भन्दै उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न नभए नेकपा चुप लागेर नबस्ने स्पष्ट पारे ।

निर्वाचनमा होमिन जनता र राजनीतिक दलले चाहेको उल्लेख गर्दै उनले केही तत्त्वले त्यसलाई प्रभावित पार्ने प्रयास गरिरहेको धारणा राखे । उनले मुलुकलाई अफ्ठ्यारोमा पर्न नदिन घोषित मितिमै निर्वाचन हुनुको विकल्प नभएको बताए । देशको वाम इतिहासमा आफूहरूले बृहत् एकताको नयाँ पहल गरिरहेको जानकारी दिँदै उनले देशभरका अन्य वामपन्थी शक्तिलाई पनि एकता प्रक्रियामा सामेल हुन आह्वान गरे ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सह–संयोजक माधव कुमार नेपालले एक भएर देशको चुनौति सामना गर्न आफूहरू तयार भएको भन्दै जनताले आगामी निर्वाचनमा विश्वास गर्ने बताए । जनताले आउने चुनावमा विश्वास गरेर जिताएको खण्डमा, बहुमत दिएको खण्डमा, अग्निपरीक्षा सुरु हुने उनको भनाइ छ । उनले जनताको चाहनालाई साकार पार्नको लागि इमान्दारिताका साथ अगाडि बढेका छौँ कि छैनौँ भन्ने पुष्टि गर्नैका लागि भएपनि एक पटक मौका दिन आग्रह गरे ।

सह–संयोजक नेपालले युवाहरूले राखेका मुद्दाहरूलाई अघि बढाउनका लागि पार्टीमा जेन-जी पुस्तालाई पार्टीमा भित्राउँदै छलफल गरिरहेको जानकारी दिए । आफूहरूको बिचारलाई जनतामाझ सम्प्रेषण गर्ने अभियान निरन्चर चल्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ५ : ३१ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर