गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट « Khabarhub

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र असन्तुष्टि सामाजिक सञ्जालमा होइन, पार्टी कमिटीभित्रै राख्नुपर्ने बताएका छन्। 

सामाजिक सञ्जालमा पार्टीका काम र कार्यक्रम मात्र साझा गर्नुपर्ने उल्लेख गर्दै उनले ‘फेसबुकको हल्लाले होइन, सल्लाह र विधिले पार्टी चल्नुपर्छ,’ भने।

नेकपा एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा सम्मान कार्यक्रममा बोल्दै भट्टले पार्टीमाथि देशी तथा विदेशी घेराबन्दी रहेको दाबी गरे। संकटको अवस्थामा सबै नेता–कार्यकर्ता एक ठाउँमा उभिएर नेतृत्वमाथिको घेराबन्दी चिर्नुपर्ने उनले बताए।

उनले छानबिन आयोगमा बयान दिन जाने विषय कुनै व्यक्तिको मात्र निर्णय नभई पार्टीको सामूहिकतामा तय हुनुपर्ने विषय भएको स्पष्ट पारे। भट्टले वर्तमान सरकारलाई प्रतिक्रियावादी भन्दै यो सरकार संविधानको मर्मअनुसार नचलेको आरोप लगाए।

‘संविधान र व्यवस्थाको रक्षा गर्नु हाम्रो पहिलो जिम्मेवारी हो,’ उनले जोड दिए।

उपमहासचिव भट्टले नेतृत्व व्यक्ति होइन, विधिको हुनुपर्ने उल्लेख गर्दै अब गुट–उपगुटको राजनीति समाप्त भएको बताए। 

‘यो र त्यो गुट अब छैन, सिंगो एमाले मात्रै छ,’ भन्दै उनले केपी शर्मा ओलीलाई साझा र समग्र नेतृत्वका रूपमा चित्रित गरे।

अब नेकपा एमाले सामाजिक सञ्जालमा सीमित नभई समाजमा सशक्त रूपमा उपस्थित हुनुपर्ने उनले बताए। 

‘नेता र कार्यकर्ता सामाजिक सञ्जालमा मात्र होइन, समुदायमा भेटिनुपर्छ,’ उनले भने।

कार्यक्रम सुदूरपश्चिम सम्पर्क कमिटीका अध्यक्ष सुरत खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ६ : ०४ बजे

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन

तीन प्रदेश सभा सदस्य हटाउन राप्रपाले पठाएको पत्र दर्ता, उपसभामुखको निर्देशन : संविधान र कानुनअनुसार पेश गर्नू

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभाका आफ्ना तीन

दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द

एजेन्सी– संयुक्त राज्य अमेरिकाले आगामी महिनाका लागि निर्धारित जमिन र