३० भन्दा बढी जेनजी समूहद्वारा संयुक्त जेनजी आन्दोलन घोषणा « Khabarhub

३० भन्दा बढी जेनजी समूहद्वारा संयुक्त जेनजी आन्दोलन घोषणा


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


924
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनलाई संस्थागत गर्दै सरकारविरुद्ध संयुक्त संघर्ष अघि बढाउने निर्णयसहित ३० भन्दा बढी जेनजी समूहहरूको संयुक्त बैठकले संयुक्त आन्दोलनको घोषणा गरेको छ ।

शनिबार ललितपुरको झम्सिखेलमा सम्पन्न उक्त बैठकले हालसम्म छरिएर रहेका जेनजी समूहहरूलाई एउटै छातामुनि ल्याउँदै संयुक्त आन्दोलनलाई औपचारिक रूप दिएको हो।

बैठकमा देशभरबाट आएका १०० भन्दा बढी जेनजी अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले आन्दोलनलाई थप प्रभावकारी र संगठित बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गर्दै मिरज ढुंगाना, अजय सोडारी,सुनिल सिंह, विजय शाह, सुरेन्द्र घर्तीलाई त्यसको जिम्मेवारी सुम्पिएको छ। यस्तै, आन्दोलनलाई वैचारिक र रणनीतिक दिशानिर्देश दिन सल्लाहकार रवि किरण हमाल र हरिस भट्ट रहनेछन् ।

बैठकले वर्तमान सरकारले जेन्जी आन्दोलनको मूल भावना, बलिदान र अपेक्षाअनुसार काम गर्न असफल भएको निष्कर्ष निकालेको छ। सहभागी अभियन्ताहरूले सरकार आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्नुभन्दा उल्टै जेन्जी विद्रोहविरुद्ध षड्यन्त्र र दमनको बाटोमा उन्मुख भएको आरोप लगाएका छन्।

सोही कारण अब वर्तमान सरकार अपदस्त गर्नुपर्ने, सर्वपक्षीय सहमतिको आधारमा सर्वपक्षीय सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक संकट समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य भएको धारणा बैठकले सार्वजनिक गरेको छ।

बैठकको निष्कर्षसँगै संयुक्त जेन्जी आन्दोलन समितिले सरकारविरुद्ध सडक संघर्षलाई अझ सशक्त रूपमा अघि बढाउने निर्णय गरेको छ। सोही निर्णयअनुसार आन्दोलनका आगामी कार्यक्रम र राजनीतिक मागहरू सार्वजनिक गर्न भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा बृहत् पत्रकार सम्मेलन आयोजना गरिने जेनजी अगुवा विजय शाहले बताएका छन्।

पत्रकार सम्मेलनमार्फत हाल सडकमा रहेका सबै जेन्जी अभियन्ता, आन्दोलनका घाइते र शहीद परिवारलाई एउटै आन्दोलनमा समेट्दै संयुक्त रूपमा सरकारविरुद्ध प्रदर्शनलाई देशव्यापी बनाउने रणनीति सार्वजनिक गरिने बताइएको छ। संयुक्त जेन्जी आन्दोलन समितिले यो संघर्ष कुनै व्यक्ति वा समूहविरुद्ध नभई, असफल शासन प्रणाली, राजनीतिक स्वार्थ र जनभावनाविपरीत उभिएको राज्यसत्ताविरुद्ध भएको स्पष्ट पारेको छ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : ०१ बजे

विशेष महाधिवेशनका कारण पार्टी कमजोर भयो : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको