प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी « Khabarhub

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु मैदानमा दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै न्युक्यासल युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ ।

खेलको सुरुवात न्युक्यासलले अग्रता बनाएको थियो । खेल सुरु भएको ४औं मिनेटमा निक वल्टमेडले पहिलो गोल गरेपछि आफ्नो टोलीलाई अग्रता दिलाए र २०औं मिनेटमा उनले दोस्रो गोल पनि गरेपछि न्युक्यासलले २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा चेल्सीले खेलमा फर्कियो । ४९औं मिनेटमा कप्तान रिस जेम्सले फ्री–किकमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ६६औं मिनेटमा जाओ पेड्रोले बराबरी गोल गर्दै परिणाम २–२ बराबरी बनाएका थिए ।

बाँकी समय दुवै टोलीले जितका लागि आक्रमण गर्दा थप गोल हुन सकेन । यो परिणामसँगै चेल्सी प्रिमियर लिग तालिकाको चौथो स्थानमा यथावत् रहँदै आफ्नो स्थिति बलियो बनाइरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : २३ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर