प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी « Khabarhub

प्रिमियर लिग : चेल्सी र न्यूक्यासलको रोमाञ्चक बराबरी


५ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले घरेलु मैदानमा दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै न्युक्यासल युनाइटेडसँग २–२ को रोमाञ्चक बराबरी खेलेको छ ।

खेलको सुरुवात न्युक्यासलले अग्रता बनाएको थियो । खेल सुरु भएको ४औं मिनेटमा निक वल्टमेडले पहिलो गोल गरेपछि आफ्नो टोलीलाई अग्रता दिलाए र २०औं मिनेटमा उनले दोस्रो गोल पनि गरेपछि न्युक्यासलले २–० को अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा चेल्सीले खेलमा फर्कियो । ४९औं मिनेटमा कप्तान रिस जेम्सले फ्री–किकमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ६६औं मिनेटमा जाओ पेड्रोले बराबरी गोल गर्दै परिणाम २–२ बराबरी बनाएका थिए ।

बाँकी समय दुवै टोलीले जितका लागि आक्रमण गर्दा थप गोल हुन सकेन । यो परिणामसँगै चेल्सी प्रिमियर लिग तालिकाको चौथो स्थानमा यथावत् रहँदै आफ्नो स्थिति बलियो बनाइरहेको छ ।

प्रकाशित मिति : ५ पुस २०८२, शनिबार  ९ : २३ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार