सैफको घरमा कसरी छिर्‍यो चोर ? « Khabarhub

सैफको घरमा कसरी छिर्‍यो चोर ?


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउडका अभिनेता सैफ अलि खान अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचारत छन् । जनावरी १६ मा आफ्नै घरमा लुटेराले चक्कु प्रहार गरेपछि उनी अस्पताल भर्ना भएका हुन् ।

अहिले सैफ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनलाई डिस्चार्ज गर्ने वा अस्पतालमै राखेर उपचार गर्नेबारे निर्णय अन्तिम निर्णय भइसकेको छैन ।

यता भारतीय प्रहरीले सैफलाई आक्रमण गर्ने व्यक्तिसमेत पक्राउ गरेको छ । आइतबार मजिस्ट्रेड कोर्टले आरोपीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आरोपीलाई अहिले बान्द्रा प्रहरी स्टेसनमा राखिएको छ ।

चक्कु प्रहार गर्ने व्यक्ति बङ्गलादेशी नागरिक रहेको र भारतमा गैरकानुनी रूपमा प्रवेश गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

आरोपीको वास्तविक नाम मोहम्मद शरिफूल इस्लाम शहजाद भए पनि विजय दास नाम राखी पाँच महिनादेखि भारतमा बस्दै आएको पाइएको छ । उनले विभिन्न रेष्टूराँमा हेल्परको काम गर्ने गरेका थिए ।

सैफको घरमा निज आरोपी चोरीकै नियतले छिरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

कसरी पुगे सैफको घर ?

सैफ मुम्बईको खारस्थित एक अपार्टमेन्टको १२ औं तलमा बस्दै आएका थिए । त्यही उनीमाथि आक्रमण भएको हो ।

आरोपी आठौं तलासम्म हिँड्दै गएको र त्यहाँबाट माथि ‘डक्ट एरिया’बाट पाइपको सहयोगमा चढेर १२ औं तलमा पुगेको भारतीय मिडिया आजतकले उल्लेख गरेको छ ।

बाथरुपमको झ्यालबाट आफू सैफको फ्ल्याटमा छिरेको आरोपीले बयानमा भनेका छन् । बाथरुमबाट बाहिर निस्कने क्रममा सैफका घरका कर्मचारीले देखेपछि घम्साघम्सी भएको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

आक्रमणपछि आफू छिरेकै बाटोबाट भागेको समेत उनले खुलाएका छन् । त्यस दिन सैफकै घरमा छिर्ने योजना नभएको बताउँदै उनले समाचारहरू बाहिरिएपछि मात्रै आफू सैफको घरमा पुगेको थाहा पाएको बयानमा भनेका छन् ।

प्रहरीले आरोपीको साथबाट एउटा झोला, हथौडा, पेजकस र डोरीसमेत बरामद गरेको बताएको छ । यसबाट उनी अन्य चोरीको घटनामा पनि सङ्लग्न भएको प्रहरीको अनुमान छ । यद्यपि; यसबारेमा प्रहरीले कुनै जानकारी दिएको छैन ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  २ : ४८ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक