हाडजोर्नीको समस्या छ ? यसरी खोज्नुस् निदान « Khabarhub

हाडजोर्नीको समस्या छ ? यसरी खोज्नुस् निदान


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चिसो मौसममा धेरै किसिमका शारीरिक समस्या प्राय मानिसमा देखिने गर्छ। तीमध्ये हातखुट्टाका जोर्नी दुख्ने आम समस्या हो। चिसो मौसममा शरीरका कुनै पनि दुखाइको पीडा बढ्ने गर्दछ। हातखुट्टाका जोर्नी खिइएको छ भने जोर्नीको मुनितिर सानो सानो पानीको फोकाजस्तो फोका हुन्छ। चिसो मौसममा ती फोका बढेर दुखाई धेरै हुने गर्दछ।

आजभोलि धेरै बिरामी घुँडा दुखाइको समस्या लिएर अस्पतालमा आउने गरेको चिकित्सक बताउँछन्। आर्थोस्कोपी सर्जन डा. कृष्णराज खनाल भन्छन्- मैले हेर्ने गरेको ओपिडीमा दैनिक ३० देखि ४० जना बिरामी घुँडा दुखेको जोर्नी खिइएको समस्या लिएर आउने गरेका छन्।

चिसोमा किन दुख्छ जोर्नी ?
चिसो मौसममा बाहिर चिसो हुँदा रगतका नली साँघुरिने र औंलाका टुप्पा निलो हुने, बाथरोग बढ्ने हुन्छ नै तर जोर्नीको दुखाई रक्त सञ्चारको कमीले नभई जोर्नी खिइएका कारण हुने डा. खनालको भनाइ छ। त्यसैले के कारण दुखाइ भइरहेको छ पहिले त्यो पत्ता लगाउने र सोही अनुसारको उपचार गर्नुपर्ने हुन्छ। जस्तै जोर्नी खिइएर दुखाई भएको हो भने दुखाई कम गर्ने औषधी त्यसको चरण अनुसार दिनुपर्ने उनको भनाइ छ।

उपचार विधि
दुखाई सामान्य र सुरुवाती अवस्थाको समस्या हो भने दुखाइ कम गर्ने औषधी खानुपर्छ। जीवनशैली परिवर्तन गरेर पनि समस्याको समाधान निकाल्न सकिन्छ। जस्तै टुक्रुक्क नबस्ने, पलेँटी कसेर नबस्ने, उकालो ओरालो धेरै नहिँड्ने, सामान्य खालका जुत्ता लगाउने र मासुलाई बलियो बनाउने अभ्यास गर्दा फाइदा हुने चिकित्सकको भनाइ छ।

खिइएको छ भने जोर्नीको अवस्था हेरेर भित्री भाग मात्रै खिइएको भए हड्डी काटेर त्यसलाई सीधा पारेर पनि उपचार हुन्छ, जसलाई चिकित्सकीय भाषामा पश्चोडोमी उपचार भनिन्छ।

त्यस्तै कुर्कुरे हड्डी खिइएर टुक्राहरु जोर्नीभित्र अड्किएर पीडा भइरहेको छ भने सानो सानो प्वाल पारेर आर्थोस्कोपीको माध्यमबाट जोर्नी सफा गर्दा फाइदा हुन्छ। तर यी सबै उपचारले फाइदा भइरहेको छैन, फिजियो थेरापी प्रभावकारी भइरहेको छैन भने जोर्नी प्रत्यारोपण नै गर्न उनी सुझाउँछन्।

त्यस्तै बाथ रोग, युरिक एसिड जस्ता समस्याका कारण पनि चिसो मौसममा जोर्नीको दुखाई हुने भएकाले समस्या पहिचान गरी त्यसको उपचार गर्न उनले सुझाएका छन्। सामान्यतया ४०-५० वर्ष माथिका मानिसमा जोर्नी खिइने समस्या देखिने हो। तर बाथ रोग, युरीक एसिडलगायत कुनै चोटपटक लागेर जोर्नीमा समस्या देखिने जुनसुकै उमेर समूहमा पनि हुनसक्छ।

चिसो मौसममा बाथरोग पनि बढ्ने गर्दछ। यो धेरै प्रकारको हुन्छ। विशेष गरेर ४०–५० वर्ष उमेरका महिलामा देखिने बाथरोग जसमा औंलाको सानो सानो जोर्नी दुख्ने, सुन्निने समस्या देखिन्छ। त्यस्तै अर्को ठूलो दुखाई हुने बाथ रोग जसले हिप, घुँडाको जोर्नीमा असर गर्ने गर्दछ।

बच्न के गर्ने ?
जोर्नी खिइने समस्या प्राय बढ्दो उमेरमा देखिने भएकाले पहिलेदेखि नै जोर्नीको सुरक्षा गर्ने क्रियाकलाप गर्नुपर्ने सुझाव डा. खनालको छ। जस्तै पलेँटी कसेर नबस्ने, टुक्रुक्क नबस्ने यसरी बस्दा जोर्नीमा दबाब परेर चाँडै खिइने सम्भावना रहने भएकाले मांसपेसी बनाउने खालका अभ्यास, बसेर गर्ने खालका काम कम गर्ने, उकालो ओरालो हिँड्दा जोर्नीलाई भार नपर्ने गरी लठ्ठीको सहायता लिने जस्ता कुरामा ध्यान दिन चिकित्सकले सुझाव दिएका छन्।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ८ : ११ बजे

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण

भक्तपुर- जिल्ला प्रशासन कार्यालय भक्तपुरले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६०

ईभी कारमा आगलागी, चालकको मृत्यु

चितवन– भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका

सहिद परिवारलाई मल्हम लगाउँदै नेपालगन्ज उपमहानगरपालिका

राँझा– जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका नेपालगन्जका जेन-जी सहिदको सम्मान