६ महिनामा १९ करोड राजस्व सङ्कलन « Khabarhub

६ महिनामा १९ करोड राजस्व सङ्कलन


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले आर्थिक वर्ष २०८१–८२ को ६ महिनामा १९ करोड ७४ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा उपमहानगपालिकाले विभिन्न शीर्षकमा १९ करोड ७४ लाख ३७ हजार नौ सय ९३ राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो आव २०८०–८१ को सो अवधिको तुलनामा सङ्कलन गरेको भन्दा तीन करोड १२ लाख बढी हो ।

सो चालु आवको ६ महिनामा सम्पत्ति करबाट चार करोड ९४ लाख ६१ हजार, घरबहाल करबाट दुई करोड ८१ लाख ७३ हजार, नक्सापास दस्तुरबाट दुई करोड ७६ लाख ६५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट दुई करोड १८ लाख ७५ हजार, सिफारिस दस्तुरबाट एक करोड ६२ लाख ८३ हजार, बहाल बिटोरी करबाट एक करोड ३३ लाख ९२ हजार, व्यवसाय करबाट एक करोड ८३ लाख ११ हजार राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले जानकारी दिए ।

अघिल्लो आव २०८०–८१ को सो अवधिमा उपमहानगरपालिकाले १६ करोड ६२ लाख ८६ हजार राजस्व सङ्कलन गरेको थियो ।

बाँकी बक्यौता असुलीमा गरिएको कडाइ, करको दर र दायरा दुवैमा भएको वृद्धि, नक्सा अभिलेखीकरण तथा आन्तरिक आयस्रोतमा भएको वृद्धिलगायत कारणले चालु आवको ६ महिनामा राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ९ : ५५ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी