२१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद « Khabarhub

२१ करोड मूल्य बराबरको भन्सार छलीका सामान बरामद


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा– सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बलले सक्रियता बढाएसँगै पर्सामा भन्सार छलीका सामान बरामद गर्ने क्रम ह्वात्तै बढेको छ ।

सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै आर्थिक वर्ष २०८०–८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा छ करोड ६८ लाख ५३ हजार मूल्य पर्ने भन्सार छलीका सामान बढी बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्र्वाटरका गणपति राधेश्याम धिमालले चालु आवको छ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको जानकारी दिए ।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ’, उनले भने, ‘सशस्त्र प्रहरीले वीरगञ्ज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ ।’

सशस्त्र प्रहरी बलले चालु आवको छ महिनामा १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ । त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ ।

सशस्त्र प्रहरीले आव २०८०–८१ को छ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख मूल्यका सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको थियो । आव २०८०’८१ को छ महिनाकै अवधिमा बिलबिजक नभएका नौ करोड ८२ लाख ६९ हजारको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो । पर्सा जिल्लामा एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १० : ०५ बजे

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

काठमाडौँ – आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको भोलि फागुन

मतदानको दिन आवश्यकताअनुसार आन्तरिक उडान हुने

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन

खाडी क्षेत्रमा अलपत्र नेपालीको उद्धारका लागि के गर्दैछ परराष्ट्र मन्त्रालय ?

काठमाडौँ – मध्यपूर्वमा विकसित परिस्थितिमा अलपत्र नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयले

निर्वाचन एक दिन बाँकीः मतदानका लागि सम्पूर्ण तयारी पूरा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतदानका लागि सम्पूर्ण

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर