२८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य « Khabarhub

२८ भन्सारमध्ये १० वटाबाट निर्यात शून्य


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि सञ्चालनमा रहेका २८ वटा भन्सारमध्ये १० वटा भन्सारबाट शून्य निर्यात भएको छ । चालु आर्थिक वर्ष (आव)को ६ महिनामा १० वटा नाका हुँदै नेपालबाट कुनैपनि वस्तु निर्यात नभएको देखिएको हो ।

भन्सार विभागको तथ्याङ्कअनुसार तातोपानी, सुनाैली, सुनसरी, जनकपुर, चोभार, सति, महेशपुर, राजबिराज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, थाडी र त्रिवेणी भन्सार कार्यालयबाट चालु आवको ६ महिना अवधिमा कुनैपनि वस्तु निर्यात भएको छैन ।

निर्यात शून्य भएका नाकामध्ये तातोपानी नाकाबाट कुल आयातको ३.०५ प्रतिशत वस्तु आयात भएको छ भने अन्य नाकाबाट १ प्रतिशत भन्दा कम मात्रै वस्तु आयात भएको छ ।

धेरै आयात वीरगञ्ज र सबैभन्दा कम पशुपतिनगरबाट

विभागको तथ्याङ्कअनुसार चालु आवको ६ महिनामा नेपालमा सबैभन्दा धेरै आयात वीरगञ्ज भन्सार कार्यालयबाट भएको छ । समीक्षा अवधिमा सो नाकाबाट २ खर्ब ७५ अर्ब ७० करोड ७५ लाख ५८ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन कुल आयातको ३३.५३ प्रतिशत हो ।

त्यस्तै, समीक्षा अवधिमा दोस्रो धेरै आयात भैरहवा भन्सार नाकाबाट १ खर्ब २३ अर्ब ९५ करोड ७३ लाख र सुख्खा बन्दरगाहबाट १ खर्ब ३ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अन्य भन्सार नाकाबाट १ खर्ब भन्दा कम मूल्य बराबरको वस्तु आयात भएको तथ्याङ्कले देखाएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : ०९ बजे

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते

पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण

रसुवा– हिमाली जिल्ला रसुवामा पछिल्लो छ महिनामा ३२ हजार ६७२

एसएमसमार्फत आपत्तिजनक सन्देश पठाउने भीएस प्रदायकलाई टेलिकमको चेतावनी

काठमाडौं– नेपाल टेलिकमको भ्यालु एडेड सर्भिसेस (भीएस) प्रणालीमार्फत मोबाइलमा आपत्तिजनक प्रकृतिका

लक्ष्यअनुसार भएन राजस्व संकलन, ६ महिनामा १८ प्रतिशत कम

काठमाडौं– चालु आर्थिक वर्षको ६ महिनामा सरकारले लक्ष्यअनुसारको राजस्व आम्दानी