सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? « Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला एक लाख ५७ हजार रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुन आज एक लाख ५८ हजार एक सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको छ । सोमबार प्रतितोला एक हजार आठ सय ६० रुपैयाँमा खरिदबिक्री भएकामा आज एक हजार आठ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : ४५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक