लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी | Khabarhub Khabarhub

लमजुङमा मह बिक्रीबाट १८ करोड आम्दानी


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहाडी जिल्ला लमजुङमा मह उत्पादन बढेको छ । गत वर्षको तुलनामा यस वर्ष २९ दशमलव छ टनले मह वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका सूचना अधिकारी सरोज थापाका अनुसार यस वर्ष १७ हजार एक सय ९७ वटा मौरीका घारबाट एक सय २९ दशमलव १७ टन मह उत्पादन भएको छ ।

जिल्लामा किसानले यस वर्ष एक हजार पाँच सयका दरले बिक्री गरेको बताएका छन् । जिल्लामा किसानले यस वर्ष मह बिक्रीबाट १८ करोड आम्दानी गरेको उनको भनाइ छ । यस्तै, गत वर्ष १३ हजार आठ सय ५० मौरीका घारबाट एक सय ११ दशमलव तीन टन मह उत्पादन भएको थियो । गत वर्ष प्रतिकिलो मह नौ सयदेखि एक हजारसम्ममा बिक्री भएको थियो भने मह बिक्रीबाट नौ करोडभन्दा बढी आम्दानी गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

विसं २०७९ मा १० हजार २५ मौरीका घारबाट ३२ टनमात्र मह उत्पादन भएको थियो । विसं २०७८ मा ११ हजार पाँच सय मौरीका घारबाट ३० टन मह उत्पादन भएको थियो । यस्तै २०७७ सालमा ११ हजार सयवटा मौरीका घारबाट ३८ टन मह उत्पादन भएको थियो । केन्द्रका अनुसार २०७६ सालमा नौ हजार पाँच सय मौरी घारबाट ३४ टन तथा २०७५ सालमा पाँच हजार नौ सय मौरीका घारबाट ३२ टन मह उत्पादन भएको थियो ।

जिल्लामा यस वर्ष सबैभन्दा बढी सुन्दरबजार नगरपालिकामा मह उत्पादन भएको छ । यहाँ चार हजार पाँच सय घारबाट ३६ हजार केजी उत्पादन गरेको र यसबाट पाँच करोड ४० लाख आम्दानी भएको सूचना अधिकारी थापाले बताए । जिल्लामा उत्पादित मह काठमाडौं, पोखरा, चितवनलगायत बजारमा खपत हुँदै आएको छ ।

जिल्लाका किसानले आधुनिक मौरी घार र प्रविधिको प्रयोगबाट मह उत्पादन गर्न थालेका छन् । नेपाल मौरीपालक महासङ्घ जिल्ला शाखाका अनुसार लमजुङको सबैभन्दा बढी उत्पादन हुने सुन्दरबजार नगरपालिका, बेँसीसहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका छन् । शाखामा जिल्लाका तीन सय ८२ जनाभन्दा बढी मौरीपालक किसान आबद्ध  छन् ।

पछिल्लो समयमा जिल्लामा मह उत्पादन बढ्दै गएको कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाले बताए । उत्पादन बढ्नुका कारण पहिला सौखले मौरीपालन गरिन्थ्यो भने अहिले बुझेर मौरीपालन गर्न थालेका छन् । पहिला मौरीपालनसम्बन्धी नबुझी गरेको र अहिले विभिन्न निकायले यससम्बन्धी तालिम प्रदान गरेकाले, मौरी चरन क्षेत्र राम्रो तथा पर्याप्त, हावापानी राम्रो, आधुनिक घारको प्रयोगलगायत कारणले मह उत्पादन बढ्दै गएको उनको भनाइ छ ।

जिल्लामा शेरना प्रजाति मौरीको मह उत्पादन गर्ने गरेको र यसले प्रतिघार पाँचदेखि १० केजीसम्म मह उत्पादन गर्ने कृषि ज्ञान केन्द्र प्रमुख खतिवडाले बताए ।

कार्यालयले यस वर्ष एक सय २५ वटा मौरीका घार किसानलाई अनुदानमा वितरण गरेको थियो । कार्यालयबाट मौरीपालनलगायत कृषि क्षेत्रका किसानका लागि विभिन्न शीर्षकमा बर्सेनि साढे तीन करोड खर्च गर्दै आएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ११ : ५८ बजे

निकुञ्ज हुँदै यात्रा गर्दा सावधानी अपनाउन आग्रह

चितवन– चितवन राष्ट्रिय निकुञ्जले साँझको समयमा कसरा हुँदै जाने बाटो

सदूरको रजाली गाउँ – जहाँ माटोमा फल्दैछ सुन !

धनगढी – रजाली अर्थात्‌ बाजुरा सदरमुकाम मार्तडीसँग सीमा जोडिएको नजिकको

सुप्रिम सहकारीमा रवि लामिछानेको मुद्दा के हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की र काठमाडौं

निर्माण सामग्रीको मूल्य वृद्धिबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत

बाँकेको राप्ती नदीमा गोही गणना सुरु

जानकी– बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ