अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए « Khabarhub

अछाममा एमालेलाई झट्का, एकसाथ एक हजार ८१ जना भीम रावलको अभियानमा जोडिए


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अछामका नेकपा एमालेका एक हजार ८१ जना कार्यकर्ता डा. भीम रावलले थालेको मातृभूमि जागरण अभियानतिर लागेका छन् ।

मंगलबार सामूहिक विज्ञप्ति निकालेर रावलको अभियानमा खुल्ने एक हजार ८६ जनामध्ये एक हजार ८१ जना एमालेका कार्यकर्ता छन् ।

रावलका एक सहयोगीका अनुसार सबै एक हजार ८६ जनाले वक्तव्य निकालेर अभियानतिर जोडिएका हुन् ।

रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि छन् । एमालेको सुदूरपश्चिम प्रदेश विभागका सदस्य सातजना, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिालय सदस्य पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एकजना, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीनजना र जिल्ला सल्लाहकार सदस्य १३ जनाले रावललाई साथ दिएका हुन् ।

एमालेका नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष, पदाधिकारी २२ जना, संगठित सदस्य ६ सय ३७ जना र एमालेका अरु संगठित सदस्यसहित एक हजार ८६ जना छन् ।

मंगलबार अछाममा आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला संगठन विभाग प्रमुख प्रकाश शाह पनि रावलको अभियानमा जोडिएका छन् ।

उनले एमाले नछाडिसकेको बताउँदै अहिलेलाई मातृभूमि जागरण अभियनलाई साथ दिएको बताए । गत पुस ११ गते एमालेले निकालेपछि रावल अहिले कुनै दलमा छैनन् ।

मातृभूमि जागरण अभियान लिएर केही दिन कोशी प्रदेशको यात्रा गरेका उनी अहिले गृहप्रदेशमा छन् । उनी साँफेबगर हुँदै अछाम यात्रामा निस्किएका हुन् ।

रावलको अभियानले सुदूरपश्चिममा एमालेलाई ठूलै झट्का लाग्ने सम्भावना छ । उनले एमालेलाई धक्का दिने गरी अभियान चलाएर केही समयपछि पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ०६ बजे

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोग्राम सहित राक्सिराङ

तोकिएको समयमा निर्वाचन गर्न नसके वर्तमान सरकारको औचित्य छैन : वर्षमान

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले फागुन २१ गते

चीनले नेपाली विद्यार्थीका लागि ४ एमबीबीएससहित ३३ छात्रवृत्ति उपलब्ध गराउने

काठमाडौं– चीन सरकारले नेपाली विद्यार्थीहरूका लागि एमबीबीएस सहित विभिन्न विषयमा

पाँच महिनामा ३८ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्ष ०८२-८३ को पहिलो पाँच महिनामा नेपालले

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड