ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना « Khabarhub

ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

कियभ- युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि मुख खोलेका छन्।

ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि जेलेन्स्कीले भने, ‘उनी शक्तिशाली व्यक्ति हुन् । म राष्ट्रपति ट्रम्प र पूरा अमेरिकालाई सफलताको शुभकामना दिन्छु ।’

जेलेन्स्कीले शान्तिसम्मको यात्राका लागि युक्रेनी जनता अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताए । ‘शान्तिसम्म पुग्नका लागि युक्रेनका जनता अमेरिकासँग मिलेर काम गर्न तयार छन् । हामीमाझ आएको यो अवसरलाई निश्चित रुपमा लाम उठाउनु आवश्यक छ ।’

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई उनीहरूका ४७ औँ राष्ट्रपति बनेकोमा बधाई दिन्छु । आज विश्वजगतमा परिवर्तन र भौगोलिक चुनौतीसहित कयौँ समस्यालाई लिएर गरिएका संकल्पका लागि आशाको दिन हो ।’

यसअघि चुनावी अभियानकै क्रममा डोनाल्ड ट्रम्पले कयौँ पटक रूस-युक्रेन युद्ध समाप्त गर्ने बताइसकेका छन् । यस्तोमा युक्रेनलाई अमेरिकी सहयोग बन्द हुने डर छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ५३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना