ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना « Khabarhub

ट्रम्प राष्ट्रपति बनेपछि जेलेन्स्कीले भने- शक्तिशाली व्यक्तिलाई सफलताको शुभकामना


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

कियभ- युक्रेनका राष्ट्रपति भ्लोलोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि मुख खोलेका छन्।

ट्रम्पले राष्ट्रपतिको शपथ लिएपछि जेलेन्स्कीले भने, ‘उनी शक्तिशाली व्यक्ति हुन् । म राष्ट्रपति ट्रम्प र पूरा अमेरिकालाई सफलताको शुभकामना दिन्छु ।’

जेलेन्स्कीले शान्तिसम्मको यात्राका लागि युक्रेनी जनता अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताए । ‘शान्तिसम्म पुग्नका लागि युक्रेनका जनता अमेरिकासँग मिलेर काम गर्न तयार छन् । हामीमाझ आएको यो अवसरलाई निश्चित रुपमा लाम उठाउनु आवश्यक छ ।’
“
जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘म राष्ट्रपति ट्रम्प र अमेरिकी जनतालाई उनीहरूका ४७ औँ राष्ट्रपति बनेकोमा बधाई दिन्छु । आज विश्वजगतमा परिवर्तन र भौगोलिक चुनौतीसहित कयौँ समस्यालाई लिएर गरिएका संकल्पका लागि आशाको दिन हो ।’

यसअघि चुनावी अभियानकै क्रममा डोनाल्ड ट्रम्पले कयौँ पटक रूस-युक्रेन युद्ध समाप्त गर्ने बताइसकेका छन् । यस्तोमा युक्रेनलाई अमेरिकी सहयोग बन्द हुने डर छ ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ५३ बजे

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, दशैँअघि सञ्चालनमा ल्याउने लक्ष्य

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएपछि

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण