मेलुङमा एक घर-एक गाईपालन अभियान सञ्चालन  | Khabarhub Khabarhub

मेलुङमा एक घर-एक गाईपालन अभियान सञ्चालन 


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा एक घर-एक गाईपालन अभियान सुरु भएको छ ।

गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यले जर्सी गाईपालनलाई प्राथमिकता दिँदै आएको मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले बताए ।

किसानलाई पशुपालनमा जोडेर आत्मनिर्भर बनाउन गाउँपालिकाले जर्सी गाईपालनमा सहयोग गरेको अध्यक्ष थोकरले बताए।

गाईपालन सुरु भएसँगै यहाँका कृषकहरूको आर्थिक अवस्था र जीवनशैलीमा उल्लेखनीय सुधार भएको उनले बताए ।

मेलुङ–२ का रामहरि अधिकारीका अनुसार जर्सी गाईले राम्रो मात्रामा दूध उत्पादन गर्ने भएकाले यसको माग पनि उच्च छ । 

जर्सी गाईले अहिले प्रतिदिन १९ लिटरसम्म दूध दिन थालेको अधिकारीले जानकारी दिए ।  यसको दूध गुणस्तरीय हुने र नजिकै दुग्ध संकलन केन्द्र भएकोले यो व्यवसाय लाभदायक बनेको अधिकारीले बताए।

उनले वर्षौँदेखि भैँसी पनि पाल्दै आएका छन् । भैँसीले पनि दैनिक ७ लिटरसम्म दूध दिने गरेको छ । त्यस्तै मेलुङ–२ ठूलीबेसीका वीर बहादुर तामाङले पनि वर्षौँदेखि गाई पालन गर्दै आएका छन् । उनले यस ठाउँमा गाई पालन गरेको ७ वर्ष बितिसकेको छ । उनको गोठमा अहिले ६ वटा दूध दिने गाई छन् ।

यस वर्ष गाउँपालिकाले जर्सी गाई खरिदमा ५० हजारसम्म अनुदान दिने भएपछि उनले एउटा गाई थपेका हुन् । गाईपालक किसानलाई सजिलो होस भनी गाउँपालिकाले नजिकै दूध संकलन केन्द्र राखीदिएको छ । 

गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेवर, कल्लेरी, उपल्लो गाउँमा दूध संकलन केन्द्र राखिएको वडा नं. २ का वडाअध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिए। 

यस वडामा एक घर, एक गाई अभियान सञ्चालन गरी दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको वडाअध्यक्ष भण्डारीको भनाइ रहेको छ।

अहिले वडानम्बर-२ मा मात्र ३४ वटा गाई पुर्‍याउनको लागि १७ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासको लागि डेढ करोड बजेट विनियोजन गरिएको पालिकाका अध्यक्ष तामाङले बताए । 

मेलुङ गाउँपालिका कृषि, फलफूल र पशुपालनको लागि उपयुक्त गाउँपालिका रहेको पनि अध्यक्ष तामाङको भनाइ रहेको छ ।

पालिकाकै पहलमा गाउँपालिकामा अहिलेसम्म ३४ घरपरिवारलाई गाई वितरण गरिसकेको छ । गाउँपालिकाले कृषकलाई पायक पर्ने गरी दूध संकलन केन्द्र राखिएकोले सहज बनाएको छ ।

संकलन केन्द्रमा दूध पुर्‍याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषकहरू थप प्रोत्साहित भएको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन्। 

गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्नुको साथै गाई किन्न र घाँस उत्पादन गर्न आर्थिक सहयोग प्रदान गरिन्छ । 

यसले कृषकहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै गाईपालनलाई अझ व्यावसायिक बनाउन मद्दत पुगेको उपाध्यक्ष आचार्यले बताइन् । 

गाई पालनमा आर्थिक प्राविधिक सहयोग गरेकै कारण कृषकहरूले गाईपालनसँगै घाँस खेतीलाई पनि प्राथमिकता दिएका छन् । –सुबास बस्नेत

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : १७ बजे

कर्णाली राजमार्ग अवरुद्ध : स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली– कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द

लेखजंगले डिभोर्सको कागज सार्वजनिक गरेपछि रास्वपाले उम्मेदवारी रद्द नगर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाबाट रुपन्देही क्षेत्र

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– मंगलबार समेत सुनको मूल्य बढेको छ । सुनको मूल्य बढेसँगै