मेलुङमा एक घर-एक गाईपालन अभियान सञ्चालन  « Khabarhub

मेलुङमा एक घर-एक गाईपालन अभियान सञ्चालन 


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा एक घर-एक गाईपालन अभियान सुरु भएको छ ।

गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा व्यावसायिक बनाउने उद्देश्यले जर्सी गाईपालनलाई प्राथमिकता दिँदै आएको मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले बताए ।

किसानलाई पशुपालनमा जोडेर आत्मनिर्भर बनाउन गाउँपालिकाले जर्सी गाईपालनमा सहयोग गरेको अध्यक्ष थोकरले बताए।

गाईपालन सुरु भएसँगै यहाँका कृषकहरूको आर्थिक अवस्था र जीवनशैलीमा उल्लेखनीय सुधार भएको उनले बताए ।

मेलुङ–२ का रामहरि अधिकारीका अनुसार जर्सी गाईले राम्रो मात्रामा दूध उत्पादन गर्ने भएकाले यसको माग पनि उच्च छ । 

जर्सी गाईले अहिले प्रतिदिन १९ लिटरसम्म दूध दिन थालेको अधिकारीले जानकारी दिए ।  यसको दूध गुणस्तरीय हुने र नजिकै दुग्ध संकलन केन्द्र भएकोले यो व्यवसाय लाभदायक बनेको अधिकारीले बताए।

उनले वर्षौँदेखि भैँसी पनि पाल्दै आएका छन् । भैँसीले पनि दैनिक ७ लिटरसम्म दूध दिने गरेको छ । त्यस्तै मेलुङ–२ ठूलीबेसीका वीर बहादुर तामाङले पनि वर्षौँदेखि गाई पालन गर्दै आएका छन् । उनले यस ठाउँमा गाई पालन गरेको ७ वर्ष बितिसकेको छ । उनको गोठमा अहिले ६ वटा दूध दिने गाई छन् ।

यस वर्ष गाउँपालिकाले जर्सी गाई खरिदमा ५० हजारसम्म अनुदान दिने भएपछि उनले एउटा गाई थपेका हुन् । गाईपालक किसानलाई सजिलो होस भनी गाउँपालिकाले नजिकै दूध संकलन केन्द्र राखीदिएको छ । 

गाउँभरिका किसानलाई पायक पर्ने गरी ढलेवर, कल्लेरी, उपल्लो गाउँमा दूध संकलन केन्द्र राखिएको वडा नं. २ का वडाअध्यक्ष रामकृष्ण भण्डारीले जानकारी दिए। 

यस वडामा एक घर, एक गाई अभियान सञ्चालन गरी दूधमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको वडाअध्यक्ष भण्डारीको भनाइ रहेको छ।

अहिले वडानम्बर-२ मा मात्र ३४ वटा गाई पुर्‍याउनको लागि १७ लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा पशु, कृषि क्षेत्रको विकासको लागि डेढ करोड बजेट विनियोजन गरिएको पालिकाका अध्यक्ष तामाङले बताए । 

मेलुङ गाउँपालिका कृषि, फलफूल र पशुपालनको लागि उपयुक्त गाउँपालिका रहेको पनि अध्यक्ष तामाङको भनाइ रहेको छ ।

पालिकाकै पहलमा गाउँपालिकामा अहिलेसम्म ३४ घरपरिवारलाई गाई वितरण गरिसकेको छ । गाउँपालिकाले कृषकलाई पायक पर्ने गरी दूध संकलन केन्द्र राखिएकोले सहज बनाएको छ ।

संकलन केन्द्रमा दूध पुर्‍याउन यातायातको सुविधा रहेको र समयमै रकम भुक्तानी हुने हुँदा कृषकहरू थप प्रोत्साहित भएको पालिका उपाध्यक्ष गायत्री आचार्यले बताइन्। 

गाउँपालिकाले कृषकहरूलाई गाईपालनमा प्रोत्साहन गर्न अनुदान कार्यक्रम सञ्चालन गर्नुको साथै गाई किन्न र घाँस उत्पादन गर्न आर्थिक सहयोग प्रदान गरिन्छ । 

यसले कृषकहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै गाईपालनलाई अझ व्यावसायिक बनाउन मद्दत पुगेको उपाध्यक्ष आचार्यले बताइन् । 

गाई पालनमा आर्थिक प्राविधिक सहयोग गरेकै कारण कृषकहरूले गाईपालनसँगै घाँस खेतीलाई पनि प्राथमिकता दिएका छन् । –सुबास बस्नेत

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : १७ बजे

अमेरिकी सांसद भन्छन् : इरानसँग आत्मसर्पण गरेजस्तो भयो

वाशिङ्टन- इरानसँगको सम्झौतालाई लिएर अमेरिकामै विवाद र विरोध भएको छ।

युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ्यो, पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण

एजेन्सी– लामो समयको अवरोधपछि युरोपेली सङ्घ (ईयु) ले युक्रेनको सदस्यता

विज्ञान प्रयोगशालाका लागि विश्वसनीय कानुन बनाउन खोजेका छौँ : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशालालाई

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यक : मन्त्री पुन

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सरकारले राष्ट्रिय विधि

अमेरिका-इरान सम्झौताप्रति इजरायलमा असन्तुष्टि, विपक्षीले भने : नेतन्याहू प्रभावहीन र निरीह देखिए

तेल अभिभ- इजरायलको डेमोक्रेट्स पार्टीका प्रमुख याइर गोलानले अमेरिका र